नेवा मिसा पुच नयाँवजारको निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

-


     पोखरा क्लिक     
     श्रावण १७ गते २०८२ मा प्रकाशित


पोखरा,

पोखरा महानगरपालिका वडा नं. ९ स्थित नेवाः मिसाः पुचः नयाँबजारको आयोजना र पोखरा महानगरपालिका वडा नं. ९ को आर्थिक तथा पोखरा ११ स्थित अर्किड डेन्टल एण्ड अर्थोडन्टीक सेन्टरको प्राविधिक सहयोगमा शनिबार निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी पोखरा ९ उपशाखाको सिद्धमार्गमा अवस्थित बहुउद्देश्यीय भवन परिसरमा आयोजना गरिएको उक्त कार्यक्रममा १५० भन्दा वढिले स्वास्थ्य लाभ लिएका थिए । शिविरमा दाँत परिक्षण गराउन आएका दाँतका विरामीलाई डाक्टर फि निशूल्क गर्नुका साथै अन्य जाँच तथा उपचारमा १० देखि २० प्रतिशत छुट गर्ने डा. अन्जना कर्माचार्यले वताईन ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ९ वडा अध्यक्ष दिपेन्द्र मर्सानी, वडा सदस्य नन्दराम गिरी, नेवा खल कास्कीका महासचिव श्रीकृष्ण कतिला, नेवा मिसा पुच नयाँवजारकी निवर्तमान अध्यक्ष यमुना तझ्या लगाएतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै नयाँवजार नेवा मिसा पुच सामाजिक कार्यमा अग्रसर संस्थाको रुपमा स्थापित गराएको वताए । अर्किड डेन्टल एण्ड अर्थोडन्टिक सेन्टर डा. अन्जना कर्मचार्य, डा. समि श्रेष्ठ, डा. लक्ष्मी पौडेल, पुर्णिमा किसान, आकृति मानन्धर र निता मगरले दाँतको परिक्षण गर्नुका साथै औषधि वितरण गरेका थिए ।

कार्यक्रममा वडा सचिव कुलराज पौडेल, वडा सदस्य लक्ष्मी पहारी, टोलविकास संस्था वडा समन्वय समितिका अध्यक्ष उत्तम जोशी, नयाँवजार साँस्कृतिक समितिका अध्यक्ष योगेन्द्र वाटाजु, दरबारथोक टोलविकास संस्थाका अध्यक्ष मिलन केसी, पत्रकार कृष्ण रानाभाट, ल्याम पुच कास्कीका अध्यक्ष विनित जोजिजु, ल्याम पुच नयाँवजारका अध्यक्ष रोशन मानन्धर, भिन्तुना पत्रिकाका सम्पादक उदय अमात्य, वडा कृषि संजालकी अध्यक्ष विमला रानाभाट, टोलविकास संस्था, आमा समुह, महिला समुहका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

नेवा मिसा पुच नयाँ बजारकी अध्यक्ष कोपिला श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक तथा निवर्तमान अध्यक्ष मिरा श्रेष्ठ धन्यवाद ज्ञापन, स्वागत उपाध्यक्ष मिना माकाजु र सचिव उषा सिल्पाकारले कार्यक्रम संचालन गरेकी थिइन ।