एक्सपर्ट गण्डकी विश्वविद्यालय ब्याडमिन्टन सम्पन्न

-


     पोखरा क्लिक     
     श्रावण १६ गते २०८२ मा प्रकाशित


पोखरा,

गण्डकी विश्वविद्यालय अन्तर्गतको स्नातक तहमा खेलकुद कार्यक्रम चौथो ब्याचका विद्यार्थीको आयोजनामा एक्सपर्ट एजुकेशन गण्डकी विश्वविद्यालय अन्तर कार्यक्रम ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा पुरुष तर्फको खेलमा आयुस रावल पहिलो, सुजन तिवारी दोस्रो भएका थिए भने महिला तर्फको खेलमा कृष्टिना ढकाल पहिलो र मुना कुमारी बसाइँ दोस्रो भएका थिए।

कार्यक्रममा विजेता खेलाडीहरूलाई सिल्ड मेडल प्रमाणपत्रले सम्मान गर्दै गण्डकी विश्वविद्यालय कानून तथा व्यवस्थापन संकायका डीन हिमराज गिरीले विद्यार्थीको उल्लेखनीय कामको प्रशंसा गरे। कितावी ज्ञानलाई व्यवहारमा उतार्दा राम्रो पहल भएको उनको भनाई छ। एक्सपर्ट एजुकेशन पोखरा शाखा विजनेश डेभलब्मेन्ट मेनेजर विष्णु प्रसाद गौतमले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न काम गर्दै आएको बताए। विद्यार्थीको क्षमता बढाउन र अन्तर्राष्ट्रिय बजारमा लैजानको लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको बताए। समापन कार्यक्रमका अध्यक्ष सुरेशराज अधिकारीले आगामी दिनमा पनि यस्ता विभिन्न कामहरू गर्दै अगाडी बढ्ने जानकारी दिए।

कार्यक्रम सफल बनाउनको लागि विभिन्न उप(समितिहरू गठन गरिएको थियो। अर्थ समिति संयोजकमा सुजित लामिछाने, सञ्चार समिति संयोजकमा कृति गिरी, टेक्नीकल कमिटिमा संजोक न्यौपाने, मञ्च व्यवस्थापन समिति संयोजक शान्ति सिरिश, मैदान व्यवस्थापन समितिमा विमल विक लगायत रहेका थिए ।



This will close in 20 seconds