
पोखरा,
पोखराका युवाहरु बिच सडक सुरक्षा सम्बन्धी दुई दिने वर्कशप सम्पन्न भएको छ । क्यापासिटी बिल्डिङ वर्कशप अन युथ फर रोड सेफ्टी नामक सो वर्कशपगत शुक्रबार र शनिबार सम्पन्न भएको हो ।
युथ फर रोड सेफ्टी इन नेपाल अभियानको संयोजन र गण्डकी अटोमोबाइल्स एसोसिएसनको आयोजनामा सम्पन्न सो वर्कशपमा ५० भन्दा बढी युवाहरु सहभागी भएका थिए । उनीहरु इन्जिनियरिङ, पर्यटन, स्पोर्ट्स,कानुन लगायतका क्षेत्रमा संलग्न रहेका थिए । गण्डकी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष शिव श्रेष्ठ द्वारा शुभारम्भ गरिएको सो वर्कशपमा युवाहरुलाई आफ्नो एजेन्डामा एड्भोकेसी गर्न सक्षम बनाउने, सो अनुसारको कार्य योजनाबनाई कार्यान्वयन गर्न सक्ने बनाउने, लक्ष्यतथा उद्देश्य तय गर्न सीप प्रदान गर्ने र कुनै पनि युवा अभियानको लक्ष्यनिर्धारण गर्न सिकाउने एवम् गण्डकी प्रदेशमा आगामी दिनमा गरिने केही कार्यक्रमहरुको कार्ययोजना बनाउन सिकाउने उद्देश्यले सो वर्कशप आयोजना गरिएको हो ।
युथ फर रोड सेफ्टी इन नेपालका संयोजक किरण धितालले सञ्चालन गरेको सो वर्कशपमा गण्डकी विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर सोनामलामा, मोटर स्पोर्ट्सको विश्वव्यापी संस्थाएफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई तथा नेपाल अटोमोबाइल्स एसोसिएसन, मार्सल तथा टेनिङ कमिसनका सचिवआशीष रौनियार लगायतवक्ताहरु रहेकाथिए । गण्डकी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष शिव श्रेष्ठले यस प्रकारको सडक सुरक्षा सम्बन्धी जानकारी मूलककार्यक्रम आगामी दिनमा विभिन्न शैक्षिक संस्थाहरुमा गरिने योजना रहेको जानकारी दिदै यस प्रकारका कार्यक्रमबाट युवाहरु सडक सुरक्षावारेमा आवश्यक कार्य गर्न सक्षमहुने अपेक्षा रहेको बताए ।
गण्डकी विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर सोनाम लामाले विश्वविद्यालयका विद्यार्थीहरुलाई सडक सुरक्षा जस्तो अति नै संवेदनशील विषयमा प्रशिक्षण दिई नेतृत्वविकास गर्ने अवसर प्रदान गर्नु खुसीको कुरा भएको बताउदै गण्डकी जस्तो साहसिक र पर्यटकीय खेलकुदको सम्भावनाभएको प्रदेशमामोटर स्पोर्ट्सको वारेमा जानकारी पाउनु उपलब्धिमूलक भएको बताउनु भयो ।
वर्कशपमा संयोजकधितालले माई एड्भोकेसीवर्क प्लानविषयमा प्रस्तुतीकरण गरेकाथिए । यसमा मुलतःवस्तुस्थितिको विश्लेषण, कार्य विश्लेषण तथाकार्य योजनाको तयारी लगायतका विषयमा सहभागीहरुका बिचमा विभिन्न छलफल, प्रस्तुतीकरण, प्रदर्शन लगायतका कार्य गरिएको थियो । सहभागीहरुलाई १० समूहमा विभाजन गरी उनीहरुको समूहगत प्रस्तुति समेत गरिएको थियो ।सो प्रस्तुतिका आधारमा गण्डकी विश्वविद्यालयको टिम (पिलर ५) ले उत्कृष्ट प्रस्तुतिका साथ पुरस्कृत भएको थियो ।सो वर्कशपका सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ भने उनीहरुको रेकर्ड नासा नेपालमा समेत राखिने छ ।
सो वर्कशपमा पोखरा महानगर खेलकुद विकास समितितथा राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीकाअध्यक्ष दीपकगोदार समेतले युवाहरु बिचमा उत्प्रेरणामूलक मन्तव्य राख्नुभएको थियो । सहभागीहरु मध्ये स्पोर्ट्स म्यानेजमेन्टका विद्यार्थी तथा मिडिया एवम् पर्यटन व्यवसायी ज्ञानेन्द्र थापा, पश्चिमाञ्चल क्याम्पसका विद्यार्थी विनयकुमार साह र गण्डकी विश्वविद्यालयमा कानुनकी विद्यार्थी मनिषा काफ्लले सो वर्कशप आफूहरुका लागि निकै नै प्रभावकारी भएको र आगामीदिनमा सडक सुरक्षा तथाअन्य क्षेत्रमा समेत कार्य गर्न सहयोगीबन्ने बताए ।
सन् २०१२ माएफ आईएका तत्कालीन अध्यक्ष जन टोडको नेपाल भ्रमणको अवसरमा सुरुवात गरिएको युथ फर रोड सेफ्टी इन नेपाल एक राष्ट्रव्यापी युवा अभियानहो, जसले मोटरिङ नेपाल तथा नासा नेपालसँगको आवद्धतामा सडक सुरक्षा, सुरक्षित बालबालिका, सुरक्षितविद्यालय क्षेत्र अभियान, नेतृत्वविकास तथा खेलकुद र नवप्रवर्तनमा समेत आफूलाई प्रवेश गराएको छ ।
नेपालकै विभिन्न जिल्ला तथा शैक्षिक संस्थाहरुबाट सहभागी स्नातकतहका विद्यार्थी, राइडर्स तथा अभियानकर्ता युवाहरुको संलग्नतामा सञ्चालित सो वर्कशपले बालबालिकाको सुरक्षा, युवाको मोबिलिटी सुरक्षातथा सुरक्षित यातायातसँगै किशोरहरुको व्यक्तित्व विकास, नेतृत्व क्षमता तथा व्यवस्थापकिय कौशलताको वारेमा महत्वपूर्ण छलफल र निष्कर्ष निकालेको छ ।



