
पोखरा,
पोखरा १३ स्थित जनकल्याण समितिको ३४ औं साधारण सभा तथा १४ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट शिब बहादुर केसीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । समितिको प्रथम उपाध्यक्षमा कृष्ण राज गौतम, द्वितीय उपाध्यक्षमा खेम भट्टराई, महासचिवमा शान्ति देवी केसी, सचिवमा सोमनाथ आचार्य, कोषाध्यक्षमा लेख बहादुर थापा चयन हुनु भएको हो ।

त्यस्तै अन्य सदस्यहरुमा ईन्दा कुमारी शाही, मदनराज गौतम, पदम बहादुर कार्की, पार्वती गौतम, मौया बराल, नारायण पौडेल र शिब कार्की चयन हुनु भएको हो ।
महिला विकास उपसमितिको संयोजकमा रमा कार्की चयन हुनु भयोभने अन्य सदस्यहरू महिलाहरूको भेलाबाट चयन गरिने भएको छ । कार्यक्रमको उद्घाटन ज्येष्ठ सदस्य वसुन्धरा गौतमले पानसमा दियो बालेर गर्नुभएको थियो। कार्यक्रममा सुनडाँडा टोल विकास संस्थाका अध्यक्ष भम्भु बराल, वडा नम्बर १३ का जनप्रतिनिधि बलबहादुर बराल र सल्लाहकार कृष्ण केसीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। आर्थिक सहयोग पु¥याउने व्यक्तिहरूमध्ये काहुखोला महिला सहकारीकी रमा कार्की र गिता बराललाई सम्मान गरिएको थियो।
समितिका अध्यक्ष देवराज बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष बिष्णु कार्की, द्वितीय उपाध्यक्ष शिब केसी, सचिव बिनोदराज आचार्य लगायतले वोल्नु भएको थियो । निर्वाचन सहजिकरण समितिको संयोजन माधव आचार्यले गर्नुभएको थियो। युवराज त्रिपाठी, कुमार केसी र रमा कार्कीले सहजिकरणमा साथ दिनुभएको समितिले जनाएको छ ।





