
पोखरा, असार १९,
पोखरा महानगरपालिका वडा नं। ५ को नवनिर्मित भवन आज (बिहीबार) एक समारोहबीच नगरप्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभयो। १६ हजार ३४२ वर्गफुट क्षेत्रफलमा बनेको चारतले यो भवनमा प्रशासन, लेखा, पुस्तकालय, सभाहल, तालिम कक्ष र अपांगमैत्री संरचना रहेको पाखरा ५ का वडा अध्यउक्ष बिष्णुप्साद बरालले बताउनु भयो ।

७ करोड २६ लाखको अनुमानित लागतमा बन्ने भनिएको भवन ४ करोड ८४ लाखमा सम्झौता भई निर्माण सम्पन्न गरिएको उहाँले उल्लेख गर्नु भयो। २०७९ माघ २३ मा सम्झौता भएको यो परियोजना २०७९ वैशाख २२ मा सम्पन्न भएको हो।
उद्घाटन समारोहमा महानगर प्रमुख आचार्यले अब महानगरका ३३ वडामध्ये २ वटा वडा (६ र ९) को मात्र भवन निर्माण बाँकी रहेको जानकारी दिनुभयो। उपप्रमुख मञ्जुदेवी गुरुङ र वडा अध्यक्ष विष्णु प्रसाद बरालले सेवा प्रवाहमा गुणस्तरीय सुधारको अपेक्षा व्यक्त गर्नुभयो। त्यसै अवसरमा वडा प्रोफाइल पुस्तक “वडा दर्पण” को पनि लोकार्पण गरियो। कार्यक्रममा महानगरका प्रवक्ता मोतिराज तिम्सिना, विभिन्न वडाध्यक्ष, पूर्ववडाध्यक्ष र समाजसेवीहरूबाट शुभकामना व्यक्त गर्नु भएको थियो ।



