एप्स एसियाको महासभामा सहभागि हुन मञ्च सहित अग्रज फोटो पत्रकार सुदर्शन हङकङमा

-


     पोखरा क्लिक     
     असार १५ गते २०८२ मा प्रकाशित


पोखरा,

एसियाली खेलकुद पत्रकारहरुको साझ संस्था एसियाली खेलकुद पत्रकार संघ (एप्स एसिया) को महासभामा सहभागि हुन अग्रज फोटो पत्रकार सुदर्शन रञ्जित हङकङ जानु भएको छ । एप्स एसियाको २६औं महासभा चिन स्वशासित हङकङमा यहि जुन ३० देखि जुलाई ४ (असार १६–२०) सम्म आयोजना हुँदैछ ।

महासभामा सहभागि हुन एप्स एसियाका कोषाध्यक्ष निरन्जन राजवंशी, नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रिय अध्यक्ष निरन्जन अधिकारी र हिमेश रत्न बज्रचार्य शनिबार नै हङकङ प्रस्थान गर्नु भएको हो ।

एप्स एसियाको महासभामा विभिन्न विषयमा कार्यशालाहरू सञ्चालन हुनेछन् भने रणनितिक छलफल तथा विषयगत गोष्ठिहरु हुनेछन् । सोही कार्यक्रममा हरेक वर्ष झैं खेलकुद पत्रकारिता संगै उत्कृष्ट हुने विभिन्न देशका खेलकुद पत्रकारहरुलाई समेत अवार्ड प्रदान गरिने भएको छ । एप्स एसियाको २५ औं महासभा गत वर्ष नेपालमा आयोजना भएको थियो ।