पोखरा उपत्यका नगर विकास कार्यालयमा धर्ना

-


     पोखरा क्लिक     
     जेठ ३० गते २०८२ मा प्रकाशित


पोखरा,

पोखरा क्षेत्रका कालो प्लेटका सार्वजनिक यातायातका व्यवसायीहरुले विहिबार पोखरामा पोखरा उपत्यका नगर विकास कार्यालयमा धर्ना दिएका छन् । पोखराको पर्यटक बस पार्कमा कालो पलेटका सवारी साधनहरुलाई पार्किङ गर्न नदिएको बिरोधमा कार्यालयमा धर्ना सहित मुल गेटमा २ घण्टा अबरोध गरिएको यातायात व्यावसायी राष्ट्यि महासंघका सचिव योगेन्द्र बहादुर केसीले बताए ।

आफुहरुले पछिल्लो समयमा पर्यटक स्तरिय बसहरु संचालनमा ल्याएकोेले अब उक्त बसहरुको पर्यटक स्तरिय गुणस्तरियका आधारमा उक्त बस पार्कमा पार्किङ गर्न पाउनु पर्ने माग गरे ।