नयाँ शक्तिका केन्द्रीय सचिवालय सदस्य थापा, जिल्ला अध्यक्ष क्षेत्री लगायतका नेता माओबादी केन्द्रमै फर्किए

-


     पोखरा क्लिक     
     जेठ २७ गते २०८२ मा प्रकाशित


पोखरा २७, जेठ,

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) केन्द्रीय सचिवालय सदस्य किरण थापा, कास्की जिल्ला अध्यक्ष राजु क्षेत्री लगायत नेताहरू पुनः नेकपा माओवादी केन्द्रमा फर्किएका छन् ।
थापा सहित कास्की अध्यक्ष क्षेत्री, शम्भु खाती, लक्ष्मी खाती लगायत माओवादी प्रवेश गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई खादा, माला लगाएर पार्टीमा प्रवेश गराएका हुन् । लोकतान्त्रिक गणतन्त्र धेरै मेहनतबाट जनताले प्राप्ती गरेकोले त्यस माथि प्रहार हुन लागेकोले संस्थागत दिगो विकासको लागि पुरानै पार्टीमा आफुहरु फर्किएको थापाले बताए ।

नेकपा माओबादी केन्द्र पोखरा महानगर समितिको तेश्रो अधिवेशनको उद्घाटन सत्रमा पार्टी प्रबेश गराइएको सचिव जनकराज पराजुलीले बताए । पछिल्लो समयमा माओबादी प्रति जनताको भरोसा बढेको उनले जनाए ।



This will close in 20 seconds