अटो मेकानिक्सका तालिम शुरु

-


     पोखरा क्लिक     
     जेठ २० गते २०८२ मा प्रकाशित


पोखरा,

दिगो तथा सम्मानित रोजगारीका लागी शिप परियोजना अन्र्तगत पोखरामा १६ दिने अटो मेकानिक्स तालिम शुरु भएको छ । पोखरामा कार्यरत सानो इन्जिन तथा इलेक्ट्रोनिक मेकानिक्सहरुको क्षमता बृद्धि गराउने उद्धेश्यले तालिम आयोजना गरीएको आयोजक संस्था गण्डकी अटो मेकानिकल वक्र्स एशोसिएसनका अध्यक्ष विष्णुप्रसाद अधिकारीले बताए ।

तालिममा प्राविधिक गाडीको सुरक्षा मापदण्ड, इन्जिनको अवस्था सम्बन्धमा तालिम केन्द्रित रहने प्रशिक्षक एंव पश्चिमाञ्चल इन्जिनियरीङ्ग क्याम्पसका अटो विभाग प्रमुख सचिन्द्र किशोर लाभले बताए । सो तालिमको शुभारम्भ गर्दै पोखरा महानगरपालिका वार्ड नं। ८ का अध्यक्ष रुद्रनाथ बरालले अटो मेकानिक्सको व्यवस्थापनका लागी महानगरले जिम्मेवारी लिन सक्नु पर्ने, व्यवसायलाई मर्याखित बनाउन एशोसिएसनले व्यवस्थित एकरुपतामा ध्यान दिन सक्नुपर्ने बताए ।

उद्योग वाणिज्य संघ गण्डकी प्रदेश र हेल्पटासको सहयोगमा गरीएको प्रशिक्षणमा ३० जना अटो मेकानिक्सहरुको सहभागिता रहेको छ । कार्यक्रममा नेपाल अटो मेकानिक्स व्यवसायी महासघंका वरिष्ठ उपाध्यक्ष कुल बहादुर नेपाली, सल्लाहाकार कृष्ण बहादुर थापा, उद्योग वाणिज्य संघ गण्डकीका कार्यकारी सदस्य हरिकुमार श्रेष्ठ, पश्चिमाञ्चल इन्जिनियरिङ्ग क्याम्पस प्रमुख निर्मल प्रसाद बराल, वरिष्ठ उपाध्यक्ष नवराज सुनार, महासचिव विजेन्द्र चौधरी लगायतले तालिमको बारेमा भनाई राखेका थिए । एशोसियसनमार्फत अटो मेकानिक्सहरुका लागी विविध तालिम क्षमता विकास कार्यहरु गरीदैँ आएको पूर्व अध्यक्ष सानुमान जलारीले बताए ।



This will close in 20 seconds