पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा १ रुपैयाँ मूल्य बढ्यो

-


     पोखरा क्लिक     
     जेठ १७ गते २०८२ मा प्रकाशित


पोखरा,

पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आज रातिदेखि लागू हुने गरी पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा १ रुपैयाँ मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ ।

इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै निगमले पनि मूल्य बढाएको हो । भारतबाट पेट्रोलमा २ रुपैयाँ ११ पैसा र डिजेलमा १ रुपैयाँ ९ पैसा मूल्य बढेर आएको बताइन्छ । हवाइ इन्धनको मूल्य भने घटेको छ । निगमले उपलब्ध गराएको विवरण अनुसार, आन्तरिकतर्फ ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलो लिटर २२ अमेरिकी डलरले घटाइएको छ ।

यससँगै अब पोखरामा पेट्रोलको मूल्य काठमाडौं, र दिपायलमा १ सय ५९ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा भने पेट्रोलको मूल्य १ सय ५८ रुपैयाँ पर्ने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चारआली, विराटनगर, अमलेखगञ्ज, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी, वीरगञ्जमा भने पेट्रोलको मूल्य १ सय ५६ रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ ।