
पोखरा,
१७ औं गणतन्त्र दिवसको अवसर पारेर कास्कीमा क्रियाशील ५ राजनीतिक दलहरुले संयुक्त रुपमा एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। पोखराको शहिद पार्क भित्र रहेको घनश्याम स्मृति कक्षमा रहेको हलमा कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्दै आर्थिक विश्लेषक तथा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले देशको आर्थिक अवस्था नाजुक अवस्थामा पुगेको र मुख्य राजनीतिक दलभित्र मौलाएको आर्थिक पारदर्शिताको अभावले गर्दा यो व्यवस्था प्रति नैं जनतामा नैराश्यता बढेको दाबी गर्नू भयो।
कार्यक्रममा नागरिक अभियन्ता विष्णु प्रसाद वराल, नेकपा माओबादी केन्द्रका कास्की संयोजक विश्वप्रकाश लामिछानेले फेवातालको मापदण्ड, बसपार्क लगायत विषयमा आफ्ना धारणा राख्नु भएको थियो । सोही कार्यक्रममा बोल्दै नेकपा बहुमतका स्थायी समिति सदस्य गुणराज लोहनीले राज्य जनता प्रति उत्तरदायी नभएको कारण आफनो पार्टी जनकारवाहीमा उत्रनु परेको बताउनु भएको थियो । कार्यक्रममा नेकपा एकीकृत समाजबादीका केन्द्रिय सचिव श्रीनाथ बराल, नेकपाका पोलिटब्युरो सदस्य क। आस्था सी, नेसपा नयाँ शक्तिका केन्द्रिय सदस्य टीकाराम पौडेल, क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रिय सल्लाहकार रामजी थापा लगायतका वक्ताहरुले आफनो मन्तव्य राख्नु भएको थियो ।
राष्ट्रिय जनमोर्चाका गण्डकी अध्यक्ष शंकर बरालले भ्रष्टचारले आक्रान्त आजको अवस्थामा सुधार नहुने हो र दलहरु सच्चिन तयार नहुने हों भनें यो व्यवस्था ढाल्न राजावादी आउन नपर्ने, आफै ढल्ने जिकिर गर्नु भयो। राजु क्षेत्रीको सञ्चालन गर्नु भएको सों कार्यक्रममा विक्रम थापाले स्वागत मन्तव्य राख्नु भएको थियो भनें राजमो कास्कीका अध्यक्ष रविमोहन ढकालले सहभागी सवैलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
गणतन्त्रको रक्षा, भ्रष्टाचार अनियमितता बिरुद्द एबम् पोखरा सेरोफेरोमा रहेका सुकुम्बासी, सहकारी पीडित, बसपार्क निर्माण, फेवातालको मापदण्ड लगायत सामाजिक सरोकारका विषयमा राष्ट्रिय जनमोर्चा, नेसपा ९नयाँ शक्तिm०नेकपा बहुमत, नेकपा, क्रान्तिकारी कम्युनिष्ट पार्टीले आगामी दिनमा थप संघर्षका कार्यक्रम छिट्टै घोषणा गर्ने आयोजकले जानकारी दिएका छन् ।





