
दीननाथ बराल,
पोखरा १४, जेठ,
पोखरामा भोलि (विहिबार) देखि कास्की जिल्ला स्तरिय आठौं खुल्ला स्नूकर प्रतियोगिता–२०८२ हुने भएको छ । कास्की विलियड्र्स स्नूकर तथा पुल संघको आयोजनामा यही जेठ ३० गतेसम्म संचालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आज (बुधबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
संघमा आबद्ध २० वटा क्लबहरुका ६४ जना खेलाडीहरु वीचमा प्रतिष्प्रर्धा हुने भएको सघका अध्यक्ष सागर कुमार साई (दिलिप) ले बताउनु भयो ।
प्रतियोगितामा प्रथम हुनेले ८० हजार नगद, शिल्ड र प्रमाण–पत्र, दोश्रो हुनेले ४० हजार, शिल्ड र प्रमाण–पत्र, तेश्रो हुनेलाई १५ हजार नगद, शिल्ड र प्रमाण–पत्र प्राप्त गरिने भएको छ । यसैगरी हाइएष्ट ब्रेकरलाई ५ हजार, शिल्ड र प्रमाण–पत्र प्रदान गरिने भएको संघका महासचिव सविन जिसीले बताउनु भयो । १६ दिन चल्ने प्रतियोगिता सञ्चालन गर्न ३ लाख ५४ हजार खर्च लाग्ने लाग्ने भएको छ भने ४४ हजार बचत हुने अपेक्षा गरिएको उहाँले जनाउनु भयो । बचत रकम सामाजिक कार्यमा खर्च गरिने आयोजकले जनाएको छ । केही रकम भने खेलाडि अक्षयकोषमा तथा राष्ट्रिय स्तरको प्रतियोगिताका लागि खर्च खरिने महासचिव जिसीले जनाउनु भयो ।
उद्घाटन खेल विन्ध्यवासिनी बस पार्कमा रहेको दिपलव स्नुकर क्लब हुनेछ भने अन्य विभिन्न चरणको खेलहरु भने पोखरामा रहेका क्लबहरुको ५ ठाँउमा खेलाइने भएको छ । खेलाडी उत्पादन सहित विलियार्ड स्नुकरलाई व्यावसायिक रुपमा स्थापित गर्न यो खेलको आयोजना गरिएको अध्यक्ष दिलिपले पोखराक्लिकलाई बताउनुभयो ।
१५ औं शताब्दीबाट शुरु यस खेलको आफ्नै महत्व रहेको छ । यस खेलबाट समाजमा भाइचारा सम्बन्ध, नैतिकता र अनुशासनमा थप विकास हुनेछ भन्ने आयोजकले विश्वास गरेको छ । संघले यस अघि विभिन्न ढंगले प्रतियोगिताहरु गर्दै आए पनि गत बर्षको चैत ३० गते भने जिल्ला खेलकुद विकास समिति कास्कीमा दर्ता भएको उपाध्यक्ष रामजी सुनारले बताउनु भयो ।




