
पोखरा, जेठ १४,
पोखराको नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिकबिद्यालयको अयोजनामा हुने पाचौँ माउन्ट अन्नपूर्ण एसइई बास्केटबल प्रतियोगितामा कुल २० टिमको सहभागिता हुने भएको छ । बिद्यालयले २०८१ सालमा एसइई दिएर बसेका बिद्यार्थीहरुको फुर्सदको समयलाई र चनात्मककार्यमा सदुपयोग गर्ने उद्धेश्यले जेठ १५ देखि १७ गते सम्म प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा छात्र तर्फ प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १० हजार सहित क्रमस मेडल, टफि« र प्रमाणपत्र प्राप्त गर्ने छन् भने प्रतियोगितामा छात्रा तर्फ प्रथम हुनेले १५ हजार,दोस्रो हुनेले ८ हजार सहित क्रमस मेडल, टफि« र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै प्रतियोगितामा मष्ट भ्यालुएबल छात्र,छात्राले दुई, दुई हजार प्राप्त गर्दा टप स्कोररले छात्र, छात्राले एक, एक हजार रुपैँया प्राप्त गर्ने प्रिन्सिपल सइन्द्रराज श्रेष्ठले जानकारी दिए । प्रतियोगितको पहिलो खेलमा सस्स्वती बिद्याश्रम लामाचौर र घान्द्रुक बिचहुने भएको खेल संयोजक अशोक शाहीले बताए ।
यसै बिच बिद्यालयले यहि अबधिमापहिलो पटक निशुल्क होटेल म्यानेजमेन्ट वर्कसप पनि सञ्चालन गर्ने भएको छ । होटेल म्यानेजमेन्ट तर्फ हाउस किपिङ, कफिवारिष्टा, वार, किचेन प्राक्टिस र बेकरीको प्रत्यक्ष अभ्यास गराउने छ । वर्कसपमा करिव १०० जना विद्यार्थीको सहभागिता रहने प्रिन्सिपल श्रेष्ठले जनाए । प्रतियोगितामा भागलिने सबै २०८१ सालको एसइई परिक्षा दिएर बसेका बिद्यार्थीहरु हुन् । माउन्ट अन्नपूर्ण माध्यमिक बिद्यालय गण्डकी प्रदेशकै पहिलो निजि स्तरबाट सञ्चालित बिद्यालय रहेको छ ।




