डिजिटल साक्षरता तालिम सम्पन्न, पत्रकारको क्षमता अभिवृद्धिमा जोड

-


     पोखरा क्लिक     
     जेठ १३ गते २०८२ मा प्रकाशित


पोखरा, जेठ १३,

नेपाल पत्रकार महासंघ कास्की शाखाको आयोजनामा पोखरामा आयोजित तीन दिने डिजिटल साक्षरता तालिम मंगलबार सम्पन्न भएको छ। तालिममा करिब ७० जना पत्रकारहरूको सहभागिता रहेको थियो।

तालिम समापन समारोहका प्रमुख अतिथि तथा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले आगामी वर्ष पनि पत्रकारको क्षमता अभिवृद्धिका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे। सूचना पहुँच व्यापक भएमा राज्य सञ्चालनमा पत्रकारको भूमिका थप प्रभावकारी हुन्छ,ू चौलागाईले भने। साथै, उनले कृत्रिम बौद्धिकता ९ब्क्ष्० को प्रयोगबाट विश्वसनीय, पठनयोग्य र तथ्यपरक पत्रकारिता प्रवर्द्धन गर्नुपर्नेमा पनि जोड दिए।

तालिममा सहभागी विनुकुमारी थापा र गणेश पहारीले आफूले प्राप्त ज्ञान र अनुभव साझेदारी गर्दै यस्ता तालिमले पत्रकारहरूलाई प्रविधि–मैत्री बनाउने विश्वास व्यक्त गरे। महासंघ कास्कीका सह–सचिव सुमन गुरुङका अनुसार तालिममा डिजिटल उपकरणहरूको प्रयोग, एआईको सम्भाव्यता, अनलाइन सुरक्षा, र सूचनाको सत्यापनजस्ता विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रममा सहभागी पत्रकारहरुलाई प्रमाणपत्र वितरण गरियो। प्रमाणपत्र वितरणमा चौलागाईसँगै, महासंघ कास्की अध्यक्ष माधवप्रसाद बराल, पोखरा महानगरका राजस्व महाशाखा प्रमुख नवराज पौडेल, एआई विज्ञ तथा प्रमुख प्रशिक्षक जीवन भण्डारी, महासंघ उपाध्यक्ष तथा प्रशिक्षण विभाग प्रमुख माधवप्रसाद रेग्मी सहभागि भए ।