
दीननाथ बराल,
पोखरा १३, जेठ,
नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको १० औं राष्ट्रिय महाधिवेशनबाट क्षितिज थेबे पुनः अध्यक्षमा निर्वाचित भएका छन् । आज (मंगलबार) सम्पन्न भएको महाधिवेशनबाट थेबेले १ सय ८८ मत अन्तरले निकटतम प्रतिस्पर्धी सुमन पुरीलाई पराजित गर्दै लगातार दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका हुन । पुरी यस अघिका महासचिव हुन् ।
थेबेले ७ सय ९६ मत ल्याउदा उनका निटकतम प्रतिष्प्रर्धी पुरीले भने ६ सय ८ मत ल्याउनु भएको निर्वाचन अधिकृत इश्वरी पौडेलले बताइन् । थेबेको प्यानलले बहुमत सहित विजय हासिल भएको श्रोतले पोखराक्लिकलाई जनाएको छ ।
नव निर्वाचित नेतृत्वले युवा संघको संगठनलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेको छ । १ हजार ७ सय ६४ जना मतदाता प्रतिनिधिमध्ये १ हजार ४ सय ४ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।
यही जेठ ९ गतेदेखि पोखरा सभागृहमा उक्त महाधिवेशन सुरु भएको हो ।





