पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको प्रधान कार्यालयबाटै इ.भी ‘फास्ट चार्जिङ’ स्टेसनको सेवा सुरु

-


     पोखरा क्लिक     
     जेठ १२ गते २०८२ मा प्रकाशित


पोखरा १२, जेठ

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.को प्रधान कार्यालय रहेको परिसरबाटैे फास्ट चार्जिङ स्टेसन सेवा सुरु भएको छ । केवाइ सी चौधरी ग्रुपको सिजी कम्पनीद्धारा ४ महिना अघि प्राप्त भएको उक्त मेसिन विभिन्न चुनौतीको बाबजुद उक्त चार्जिङ स्टेशन जडान गरिएसंगै सोमबार सुरु भएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.का अध्यक्ष योगेन्द्र बहादुर केसीले बताउनु भयो ।

इभी गाडी पर्यटन प्रर्वद्धनका लागि पनि उपयुक्त भएकाले भविष्यमा थप व्यवस्थित गरि चार्जिङ स्टेसन राखी यातायात व्यवसायीलाई सुविधा दिने आफुहरुको योजना रहेको केसीले जनाउनु भयो । विद्युत प्राधिकरणले तोकेको मुल्य अनुसार आफुहरुले चार्जिङ शुल्क लिने उहाँले बताउनु भयो । हाल पहिलो चरणमा २ वटा गाडी चार्जिङ गर्न सकिने अध्यक्ष केसीले बताउनु भयो ।

यसैबिच, आज एक समारोहका बिच सोमबार पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.का सरंक्षक केशव प्रसाद अधिकारीले उक्त मेसिनको उद्घाटन गर्दै समय सापेक्ष अब व्यवसायीहरु वातावरणमैत्रि सवारी साधन खरिद गर्नुपर्नेमा जोड दिनुभयो । १ हजार ३ सया गाडी भएको संस्थाले यसलाई ठुलो चार्जिङ स्टेशनको रुपमा विकास गर्न उहाँले सुझाव दिनुभयो । कार्यालयको अगाडी दुई वटा गाडी एकै समयमा चाजिङ गर्न सकिन्छ ।