पोखराको सृजना बहिरा माविको आधारभूत तहमा अध्ययनरत बालिकाले छोरो जन्माईन्, आमा छोराको बिचल्ली

-


     पोखरा क्लिक     
     वैशाख २५ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २५, वैशाख,

पोखरा २६ मा रहेको सृजना बहिरा माविमा अध्ययनरत एक बालिकाले बच्चा जन्माएसंगै उनको र बच्चाको बिचल्ली भएको छ । आधारभूत तहमा अध्ययनरत १४ बर्षीया बालिकाले केही समय अघि छोराको जन्म दिएसंगै उनको राम्रो रेखदेख हुन नसक्दा हाल आफ्नो परिवार बिचल्लीमा परेको उनको परिवारले पोखरा क्लिक समक्ष गुनासो गरेका छन् ।

छोराकी आमा बनेकी छात्रा बालिकाको परिवारले आफुहरु विपन्न परिवारको भएको हुँदा उनको उचित शिक्षा, दिक्षा तथा पालन पोषण गर्न कठिन भएको गुनासो गरे । बिद्यालयको होष्टेलमा रहदा आफ्नी छोरी गर्भवती भएको हुदा यस बिषयमा बिद्यालय प्रशासनले भने खासै चासो नदेखाएको बालिकाकी आमाले बताइन् । अपाङ्ग भएकी आफ्नो छोरी र बच्चाको सुरक्षित भविश्यको लागि बिद्यालय परिवार समक्ष जिम्मेवार लिन उनकी आमाले आग्रह गरिन् । साथै उनको परिवारले आफ्नी छोरीलाई करणी गर्ने दोषीको पहिचान गरी कार्वाही गर्न माग समेत गरेको छ ।

बिद्यालयका प्रध्यानाध्यापक सुनिल भण्डारीले बिद्यालयमा उक्त बालिका तथा बच्चाको संरक्षण गर्ने बिषयमा बालिकालाई पढाउन बाहेक अन्य व्यबस्थापन गर्न भने श्रोत अभावका कारण नसकिने बताए । यसैबिच, कोपिला नेपालका कार्यकारी निर्देशक विना सिलवालले सम्बन्धित वडाको आवश्यक कागजपत्र सहितको सिफारिस ल्याएको खण्डमा उक्त बालिका र बच्चाको उचित ढंगले व्यबस्थापन गर्न सकिने बताइन् ।

यसैबिच, बिद्यालयमा अर्को यस्तै प्रकृतिको घटना हुँदा करणीको आरोपमा कक्षा ११ मा अध्ययनरत २० बर्षीय विजय विक पूर्पक्षको लागि कास्की कारागारमा रहेका छन् । उक्त घटनामा आफ्नो छोरालाई बिद्यालय प्रशासनले झुटा मुद्धा लगाएको गुनासो गर्दै सत्य तथ्य छानविन गर्न माग समेत गरेका छन् ।

बिद्यालयमा हाल अध्ययनरत करिब २ सय जना बिद्यार्थीहरु रहेका छन् । यस बर्षको एसईईमा बिद्यालयबाट २० जना बिद्यार्थीहरु सहभागि भएका थिए । बिद्यालयमा हाल भर्ना जारी रहेको बिद्यालय प्रशासनले जनाएको छ ।