पोखरा ४ का वडा अध्यक्ष पराजुली पक्राउ

-


     पोखरा क्लिक     
     वैशाख २४ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २४, वैशाख,

पोखरा महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीमा जाहेरी परेका कारण अध्यक्ष पराजुलीलाई आज (बुधबार) पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखरा १६ लामाचौरबाट वडा अध्यक्ष पराजुलीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरि बहादुर बस्नेतले बताए । पोखरा महानगरपालिकाका कर्मचारी यूनियन र व्यवसायीहरुको चौतर्फी दबाब पछि प्रहरीले आज अध्यक्ष पराजुलीलाई पक्राउ गरेको हो ।

प्रशासन महाशाखामा कार्यरत कर्मचारी ईश्वरी प्रसाद पोखरेल र फेन्सि व्यवसायी लेखनाथ सुवेदीलाई अध्यक्ष पराजुलीले हातपात गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । पोखरा महानगरपालिका कार्यालयको सेवा बुधबार प्रभावित भएको छ ।



This will close in 20 seconds