प्रहरी जवान (जनपद) पदको लिखित परिक्षामा नक्कली परिक्षार्थी पक्राउ

-


     पोखरा क्लिक     
     वैशाख ७ गते २०८२ मा प्रकाशित


पोखरा ७, वैशाख,

पोखरामा नक्कली परिक्षार्थी पक्राउ परेका छन् । यही वैशाख ६ गते नेपाल प्रहरीको विज्ञापन नं. ०३÷०८१–०८२ प्रहरी जवान (जनपद) पदको लिखित परिक्षामा दर्ता नं. ३३५९२ का परीक्षार्थी आरती कुमारी मण्डलको नाममा अर्को व्यक्तिले परीक्षा दिएको आरोपमा धनकुटा पाख्रीबास नगरपालिका वडा नं. ५ बस्ने १९ वर्षकी ज्ञानुता विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

पोखरा ७ पार्दी स्थित लोक सेवा आयोगको पोखरा कार्यालयको परीक्षा भवनमा संचालन भएको उक्त परिक्षामा नक्कली परिक्षा देखिएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिल विश्वकर्मालाई अरुको नाममा परिक्षा दिँदै गरेको अवस्थामा पक्राउ गरेको कास्की प्रहर िप्रेस विज्ञेप्ति मार्फत जानकारी गराएको छ । कास्की जिल्ला अदालतबाट शिक्षा ऐन सम्बन्धी कसूरमा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले जारी गरेको प्रेस विज्ञेप्तिमा उल्लेख छ ।