
एवन ग्रेटर ट्याक्सी पोखराले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान , क्यालेन्डर विमोचन तथा ट्राफिक सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीका प्रमुख शोभा पाण्डेले कार्यक्रमको उद्घाटन गर्दै ट्राफिक नियम पालना गर्न सबैमा आग्रह गर्नु भयो।
कार्यक्रममा प्रशिक्षक प्रहरी नायब निरिक्षक प्रविण भट्टराई , ४ वटा मजदुर संघ र संगठनका अध्यक्ष एवं प्रतिनिधि विभिन्न विज्ञापनदाता हरु , व्यवसायी , स्वरोजगार चालक , चालक , कम्पनीको कार्यसमिति , कर्मचारी लगायतको सहभागिता रहेको अध्यक्ष अर्जुन पौडेलले बताउनु भयो ।






