गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा.डा.तिवारी नियुक्त

-


     पोखरा क्लिक     
     चैत्र ३० गते २०८१ मा प्रकाशित


पोखरा,

गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा.डा. इन्द्रप्रसाद तिवारी नियुक्त हुनु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा महानगरपालिका–३१ का प्रा.डा. तिवारीलाई कुलपतिमा नियुक्त गर्नु भएको हो । प्रा.डा. तिवारी पोखरा विश्वविद्यालयमा डिन तथा उपकुलपतिसमेत भइसक्नु भएको कुलपतिमा ५ वर्ष कार्यकाल रहनेछ ।

विश्वविद्यालय न्याषिक परिषद्ले प्राडा तिवारीसहित प्राडा विश्वकल्याण पराजुली र प्राडा सरोज कोइरालाको नाम सिफारिस गर्नु भएको थियो । परिषद् अध्यक्ष तथा कुलपति छनोट समिति संयोजक प्राडा कैलाशनाथ प्याकुरेल, सदस्यद्वय प्रदेश लोक सेवा आयोग सदस्य कल्पना लम्साल र न्यायिक परिषद् सदस्य डा। यमुना घलेले चैत २१ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई यी ३ जनाको नाम सिफारिस गर्नु भएको थियो ।

पहिलो कुलपति प्रा.डा. गणेशमान गुरुङ रहनु भएको थियो भने गत फागुन ४ गते कार्यकाल सकिएसँगै विश्वविद्यालयले कुलपति नियुक्ति प्रक्रिया अघि बडाएको थियो ।