कुमुदिनी होम्स प्रथम एसइई कप ः फुटसलमा एसओएस, बास्केटबलमा दीपशिखा र विन्द्यश्वरीलाई उपाधि

-


     पोखरा क्लिक     
     चैत्र २९ गते २०८१ मा प्रकाशित


पोखरा, २९ चैत्र,

पोखरा महानगरपालिका वडा नं ४, गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा चैत्र २५ गतेदेखि सञ्चान गरिएको कुमुदिनी होम्स प्रथम इसइई कप २०८१ शुक्रबार सकिएको छ । गण्डकी प्रदेश तथा गण्डकी प्रदेश बाहिरका ७१ विद्याललयका विद्यार्थीहरु फुटसलमा, ४३ विद्यालय विद्यालयका बास्केटबल र ११ विद्यालयका महिला विद्यार्थी बास्केटबल प्रतियोगितामा सहभागि भएका थएि ।

फुटसल तर्फको प्रतियोगितामा एसओएस हर्मन माईनर स्कुल नयाँगाउँ १५ प्रथम भएको छ । उक्त विद्यालयबाट लोकेन्द्र मल्लको नेतृत्वमा टोली सहभागि भएको थियो । सन्तोष श्रेष्ठको व्यवस्थापनमा रहेको विजेता हर्मन माईनरले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाएको छ ।

सेकेण्ड रनर अप प्रगति बोर्डिङ स्कुल बाटुलेचौर भएको छ । बिनम्र थापाको नेतृत्व र दनिस गुरुङको व्यवस्थापनमा रहेको टोलीले नगद १० हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाएको छ ।
फस्ट रन अप अमरसिंह मावि रामघाट १२ भएको छ । कुशल तिवारीको नेतृत्व र विवश गुरुङको व्यवस्थापनमा रहेको टोलीले नगद ५ हजार, मेडल, ट्रफि र प्रमाण पत्र पाएको छ ।
बास्केटबल पुरुषतर्फ दीपशिखा मावि म्याग्दी प्रथम भएको छ । सचिन शेरपुर्जाको कप्तानि र डेभिड पुनको नेतृत्वमा रहेको टोलीले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाएको छ ।
सेकेण्ड रनर अप हुने मेश्रम बराह माविले नगद १० हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाएको छ । फस्ट रनर अप हुने गलेश्वर आदर्श माविले नगद ५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाएको छ ।

महिला बास्केटबल तर्फ विन्द्यश्वरी आदर्श बोर्डिङ स्कुल प्रथम भएको छ । टोलीले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाएको छ । सेकेण्ड रनर अप हुने कुमुदिनी होम्स माविले नगद १० हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाएको छ । फस्ट रनर अप हुने बिएजि माविलेको टोलीले नगद ५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाएको छ । प्रतियोगितामा मोस्ट भ्यालुयवल प्लेयर अफ द टुर्नामेन्ट, लोकेन्द्र मल्ल भएका छन् । उनले एसओएसका उनले नगद २ हजार प्राप्त गरे ।

हाई स्कोररमा अमसिंहका अनिस परियार भएका छन् । उनले पनि नगद २ हजार प्राप्त गरे । वेष्ट किपर एसओएसका राजिव तिारी भए । उनले पनि नगद २ हजार प्राप्त गरे ।
बास्केलबल केटातर्फ मोस्ट भ्यालुयवल प्लेयर अफ द टुर्नामेन्ट, ईन्द्र पुन भएका छन् । उनले नगद २ हजार प्राप्त गरे । हाई स्कोररमा राजिव बिकेले नगद २ हजार प्राप्त गरे ।
महिलातर्फ बास्केटबलमा मोस्ट भ्यालुयवल प्लेयर अफ द टुर्नामेन्ट, विन्द्यश्वरीकी प्रकृति मगर भईन् । उनले नगद २ हजा र तथा हाई स्कोररमा साईना बुद्धाचार्यले नगद २ हजार प्राप्त गरिन् ।

विजेता टोलीका खेलाडीहरुलाई प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मीलन गुरुङ, विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखे फुटसल संघका उपाध्यक्ष सन्तोष पराजुली, नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष कञ्चन थापा, प्रतियोगिता संयोजक विकास ढुङ्गाना, सञ्चालक मीना पालिखे, सहप्राचार्य मन बहादुर भुजेल, मुकेश कुमार अधिकारी, शिक्षक सजनी माजु, ममता गुरुङ लगायतले सहजिकरण र प्रदान गरेका थिए ।

शिक्षक सुरेन्द्र सदिच्छाले सञ्चालन गरेको समापन समारोहका अध्यक्ष अशोक पालिखेले विजेता टोलीका विद्यार्थीलाई वधाई दिदैं एसइई पछिको अध्ययनका लागि कुमुदिनीलाई छनौट गरे प्रथम हुनेलाई शतप्रतिशत तथा फस्ट र सेकेण्ड रनर अप हुनेलाई आकर्षक छुटको घोषणा गरे । उनले आगमी दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिईने जानकारी दिए ।