पोखरामा ट्रकको ठक्करले स्कुटरमा सवार बाबुको मृत्यु चालक (छोरी) घाइते

-


     पोखरा क्लिक     
     चैत्र २८ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २८, चैत,

पोखराको व्यस्त बजार पृथ्बीचोक बसपार्क क्षेत्रको सडकमा ट्रकले स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार बाबुको मृत्यु भएको छ भने स्कुटर चालक (छोरी) भने घाइते हुनु भएको छ ।
पोखराको बुद्धचोकदेखि पृथ्बीचोक तर्फ आउदै गर्दा बसपार्क अगाडि विहिबार दिउँसो ना ५ ख ६२२२ नम्बरको ट्रकले ग १६ प २०७५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार पोखरा १४ का ५३ बर्षीय शिवराज कँडेलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकले स्कुटरलाई ठक्कर दिएसंगै गम्भिर घाइते हुनु भएको शिवराजको गण्डकी मेडिकल केलजमा उपचार गर्न लगे पनि केही समय पश्चात चिकित्सकले उहाँलाई मृत घोषणा गर्नु भएको थियो ।

स्कुटर चालक २३ वर्षीया सुस्मिता कँडेल घाइते हुनु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका ट्राफिक प्रहरी निरिक्षक शोभा पाण्डेयले बताउनु भयो । शिवराज नेकपा (माओवादी केन्द्र) कास्कीका नेता समेत हुनु हुन्थ्यो । घटनाको बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

स्कुटर चालक (शिवराजकी छोरी) सुस्मिताको हात र घुँडामा सामान्य चोट लागेको छ । एकै तर्फ आउदै गर्दा उक्त दुर्घटना भएको उहाँले जनाउनु भयो । ट्रक चालक नुवाकोट स्थित वेलकोट नगरपालिकाका ३५ बर्षीय प्रकाश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।