पौवेगौडे समाजको भित्तेपात्रो विमोचन

-


     पोखरा क्लिक     
     चैत्र २८ गते २०८१ मा प्रकाशित


पौवेगौडे समाज पोखराको भित्तेपात्रा विमोचन सहित नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गरीएको छ । पौवेगौडे र पोखरा बसाइ सरेकाहरुलाई समेटी सामाजिक कार्यसहित मर्दापर्दाको सहयोगी भावना विकास गराउन समाज सक्रृय रहेको अध्यक्ष कल्पना पौडेल रेग्मीले बताउनुभयो ।

सो कार्यक्रमको शुभारम्भ गर्दै संरक्षकद्धय क्याप्टेन खडग बहादुर शाही, क्याप्टेन पूर्णबहादुर गुरुङ्गले समाजको कार्यले गाउँ र शहरविचको सम्बन्धलाई थप नजिक बनाएको बताए ।

यस अवसरमा समाजमा सहयोग गर्ने सहयोगीदाताहरुलाई सम्मान समेत गरीएको थियो । पूर्व अध्यक्ष विष्णु रेग्मी, सल्लाहाकार सोवित कार्की, उपाध्यक्ष दिपेन्द्र आले, सचिव सडानन्द रेग्मी लगाएतले आ आफ्नो धारणा राख्नुभएको थियो ।