लायन्स क्लब अफ पोखरा डल्फिनको शिविरबाट ६५ जना लाभान्वित

-


     पोखरा क्लिक     
     चैत्र २३ गते २०८१ मा प्रकाशित


पोखरा २३, चैत,

लायन्स क्लब अफ पोखरा डल्फिनको आयोजनामा शनिबार पोखरामा भएको स्वास्थ सिबिरबाट ६५ जना लाभान्वित हुनु भएको छ । पोखराको ओम हस्पिटल बास्तोलाथर तथा गोरखा मेडिकल हल महेन्पुलको प्राबिधिक सहयोगमा पोखराका विशेषज्ञ डाक्टरहरुद्वारा ६५ जना सेवाग्राहीको निःशुल्क रूपमा स्वास्थ्य परिक्षण गरिएको क्लवले जनाएको छ ।

क्लबका संस्थापक अध्यक्ष लायन रामबहादुर बल्कोटीको छोरा स्व.कुशल बल्कोटीको स्मृतिमा तथा क्लबको नियमित कार्यक्रम अन्तरगत उक्त कार्यक्रमको आयोजना गरिएको बताइन्छ । कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रीक्ट ३२५ आई नेपालका डिष्ट्रीक्ट गभर्नर बिनोद ढुंगानाले उदघाट्न गर्नुभएको थियो । कार्यक्रमका विशेष अतिथि ईलेक्ट डिष्ट्रीक्ट गभर्नर पार्वती खरेल पाण्डे,ओम हस्पिटलका अध्यक्ष डा. अर्जुन आचार्य अन्य वरिष्ठ डाक्टरहरु, डिष्ट्रीक्टका पदाधिकारी ज्युहरु, पत्रकार साथै क्लबका पूर्ब अध्यक्षहरु तथा क्लबका अन्य सदस्यहरुको उपस्तिथि रहेको थियो । कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण महानुभाब प्रति क्लबका संस्थापक अध्यक्ष लायन रामबहादुर बल्कोटीले धन्यवाद ज्ञापन समेत गर्नु भएको छ ।



This will close in 20 seconds