भुजेल पोखरा अन्तराष्ट्रिय बिमनस्थल कास्कीको प्रमुख अध्यागमन अधिकृतमा नियुक्त

-


     पोखरा क्लिक     
     चैत्र ९ गते २०८१ मा प्रकाशित


पोखरा अन्तराष्ट्रिय बिमानस्थल कास्कीको प्रमुख अध्यागमन अधिकृतमा हरिबहादुर भुजेल नियुक्त हुनु भएकाे छ । भुजेललाइर् अध्यागमन कार्यालय पोखरा अन्तराष्ट्रिय बिमनस्थल कास्कीको प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी दिएर पछि त्यहाँ कार्यरत डोरेन्द्र निरौलालाई भने मन्त्रालयमा वाेलाएकाे छ ।

भुजेल यस अगाडी बागलुंगकाे जैमुिन नगरपालिकाका प्रमुख प्रशासिकय अधिकृतकाे रूपमा काम गदै अाउनु भएकाे िथयाे भने एक हप्ता जसाे गृहमा तानेसंगै भूजेलकाे गृह नगरमा काम व्यबस्थापन हुने गरी उक्त िजम्मेवारी िदएकाे हाे । त्यसै गरी भुजे विभिन्न पालिकाका प्रमुख भएर काम गरेकाे अनुभव रहेकाे छ ।

मन्त्रालयका उपसचिव सुवास पौडेललाई कारागार कार्यालय भिमफेदरी मकवानपुरमा कारागार प्रशासकको जिम्मेवारी दिइएको बताइएकाे छ ।

मन्त्रालयमा कार्यरत उपसचिव हरिप्रसाद गैरेलाई गुल्मी, पोषणराज भण्डारीलाई नवपरासी पश्चिम, शिवहरी पोखरेललाई सर्लाही, तेजप्रकाश प्रसाईलाई झापा र गोमादेवी ढकाललाई ओखलढुंगाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । झापाका सहायक प्रमुख जिल्ला अधिकारी सुनसरीको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएकाे छ ।