पोखरा महानगरका कर्मचारी गिरी पक्राउ

-


     पोखरा क्लिक     
     चैत्र ७ गते २०८१ मा प्रकाशित


पोखरा ७, चैत

पोखरा महानगरपालिका अधिकृत स्तरका कर्मचारी कपिल गिरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । पोखरा महानगरपालिका विरुद्ध अख्तियारमा परेका उजुरी हेर्ने फोकल पर्सनको जिम्मेवारी पाएका गिरीलाई महानगरपालिकाको कार्यालय अगाडि रहेको रक्षा नर्सरीबाट आयोगको टोलीले रकम सहित बिहीबार नियन्त्रणमा लिएको जनाएको छ ।

उनको साथबाट २५ हजार रुपैयाँ बरामद गरिएको जनाइएको छ । गिरीले आफू निर्दोष रहेको जिकिर गरेका छन् । आफूलाई नियोजित ढंगबाट फसाउन खोजिएको उनले आरोप लगाए ।