
पोखरा २३, फागुन,
पोखराको पर्यकीय क्षेत्र लेकसाइड स्थित बाराही घाटको खेल मैदानमा कुटाकुट हुदा करिब २० जना घाइते हुनु भएको छ । पोखरामा आउँदो वैशाख महिनामा आयोजना हुने भनिएको ‘श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ’ को पूर्व अवसरमा आज (शुक्रबार) बाराहीघाटनमा भूमि पुजन गर्दै गर्दा पोखरा महानगरपालिकाले रोक्न खोजे पछि झडप हुँदा नगर प्रहरी सहित महायज्ञ आयोजना गर्ने तथा उहाँहरुको समर्थित केही व्यक्तिहरु समेत घाइते हुनु भएको हो ।
नगर प्रहरी र महायज्ञका आयोजक तथा महायज्ञ समर्थित व्यक्तिहरु बिच एक आपसमा हानाहान हुदा २० जना भन्दा बढी घाइते भई उहाँहरुको पोखराका विभिन्न अस्पतालमा उपचार महानगरले जनाएको छ । शुक्रबारको झडपमा जनप्रतिनिधि समेत सक्रिए भएर कुटपिटमा उत्र्रिनु भएको फाउण्डेसनले दाबी गरेको छ ।
पोखराका मेयर धनराज आचार्य र मानव सेवा फाउण्डेसनका संस्थापक अध्यक्ष एवं धर्मगुरु विजय कृष्णमुर्तिले केही समय अघि देखि पोखराको बाराही घाटमा महायज्ञ संचालन हुने बिषयमा विबाद चर्कीदै आएको छ । महानगरले महायज्ञ संचालन गर्न नदिने पक्षमा रहेको छ भने फाउण्डेसनका संस्थापक अध्यक्ष धर्मगुरु बिजयले भने कुनै हालतमा तोकिएको स्थानमा महायज्ञ हुने दाबी गर्नु भएको छ । उक्त बिषयमा अदालतसम्म मुद्धा दायर गरी मुद्धाको फैसला सहित आई आफुहरुलाई महायज्ञ गर्न अनुमति दिएकोले आफुहरु अब पछि नहट्ने पक्षमा रहेको धर्मगुरु विजयले बताउदै आउनु भएको छ । उक्त घटना प्रति भने महानगर र फाउण्डेसनले बिरोध तथा भत्सना समेत गरेको प्रेस विज्ञेप्तिामा उल्लेख गरिएको छ ।

भूमि पूजा गर्दै गर्दा पोखरा महानगरपालिकाको टोलीले अबरुद्ध गर्न लागे पछि । आज झडप भएको छ । शुक्रबार पोखरामा नगर प्रहरीसंग झपड भएको बिषयमा बिबाद भई झडक हुदा केही व्यक्तिहरु घाइते हुनु भएको घटना प्रति दुःख व्यक्त गर्दै फाउण्डेसनले शनिबार उक्त घटना सहित गण्डकी कोटिहोम महायज्ञ लगायतको विषयमा पत्रकार सम्मेलन गर्ने भएको छ ।