हिमालय आँखा अस्पतालको ३२ औं बार्षिकोत्सव, पूर्वाधारको विकास विना विकास हुदैन मन्त्री गुरुङ (भिडियो सहित)

-


     पोखरा क्लिक     
     फागुन १७ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १७, फागुन,

५० बर्ष निरन्तरत र धैयताले गर्दा संघिय मन्त्री हुदै गण्डकी प्रदेशको मुख्यमन्त्री हुदै हाल नेपाल सरकारका संचार तथा सूचना प्रविधि मन्त्री एवं प्रवक्ता हुने अवसर प्राप्त भएको मन्त्रीे पृथ्वीसुब्बा गुरूङले बताए । नेपाल नेत्र ज्योति संघ हिमालय आँखा अस्पतालको शनिबारमा पोखरामा आयोजना भएको ३२ औं बार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री गुरुङले आफ्नो लामो समय राजनीतिमा लागेका कारण हाल पुनः संघिय मन्त्रीको अवसरमा प्राप्त भएको बताएका हुन ।

कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न निरन्तरता र धैर्यता हुनुपर्ने जसले एक दिन सफलताको चुलीमा पुर्याउने मन्त्री गुरूङको दाबी थियो । बिचमा राजनीति छाडेको भए हाल आफु मन्त्री नहुने उनले तर्क गरे । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका गुरूङले प्रदेश संचालन गर्दा भिजन हुनुपर्ने नयाँ केही काम गरेर प्रदेशको अस्तित्व र जनतामा प्रदेश सरकार प्रतिको अपनत्व गर्नु पगराउनु पर्नेमा जोड दिए । उनले पोखराको हिमालयन आँखा अस्पताल, सहारा एकेडेमी, एसओएस वालग्राम स्कुल, गण्डकी बोर्डिङ स्कुल लगायतका गण्डकी प्रदेशका गौरवका प्रतिष्ठानहरु रहेकोले उनीहरुको सरकारले अपनत्व लिन सक्नुपर्ने बताए । पूर्वाधार विना उत्पादन र रोजगार समेत सृजना नहुने गरिबी नघट्ने सुशासन कायम गर्ने बिषयमा समेत प्रभावकारी काम नहुने मुलुकमा राजश्व समेत बृद्धि नहुने उनको तर्क थियो । हिड्दै छ पाइला मेट्दैछ गर्नु भन्दा भिजन र दृर्घकालिन सोच र योजना बनाउनु पर्ने पाठ गण्डकी प्रदेश सरकारको नेतृत्व गर्दा सिकेको उनले जनाए ।

नेपालका कतिपय कानून बाह््रसिंगे जस्तो भएकोले त्यसको स्पष्टताको लागि तत्काल कानून संसोधन तथा नयाँ कानून बनाउनको लागि अध्यादेशबाट कानून संसोधन गर्न लागिएको मन्त्री गुरुङले जनाए । सरकारले आफ्नो अधिकार प्रयोग गरी देशमा सुशासन कायम गर्दै आर्थिक विकास गर्न अध्यादेश ल्याएको उनले जनाए ।
यसै सम्बन्धि एक भिडियो सामाग्रि ।

सरकारलाई अत्यावशेक चिज त्यो गर्नुपर्यो भनेर लाग्यो भने अध्यादेश ल्याउन पाउने संवैधानिक अधिकार भएकोले त्यसका आधारमा सरकार अघि बढेको बताउदै मनत्री गुरुङले यसको बिरोध भन्दा यस भित्र कानून संसोधन गर्न ल्याएका बिषयमा बहश गर्न आग्रह गरे । अध्यादेश ल्याई सके पछि संसद चलेको ६० दिन भित्र त्यो अध्यादेश पास गर्नुपर्ने कानूनि प्रावधान रहेको छ अन्यथा अध्यादेश खारेज हुने छ ।

समाजमा रहेको विकृति र विसङगती बिरुद्ध सामाजिक संजाल विधेयक ल्याउन लागेको बताउदै मन्त्री गुरुङले यसले प्रेस स्वतन्त्रता माथि कुनै हनन नहुने छाडातन्त्रलाई नियन्त्रण र नियमन गर्ने बताए ।

अव्यबस्थित बसोबासीलाई व्यबस्थित गर्न पनि भूमि सम्बन्धि अध्यादेश ल्याएको मन्त्री गुरुङले बताए । सुकुम्बासीहरुको हकहितको लागि काम गर्छु भन्ने कम्युनिष्टहरु किन यसको बिरोध गर्छन भन्दै उनले प्रश्न गरे । त्यो बिषय भित्रको बिषय बस्तु के छ बुझेर मात्र बिरोध गर्न माओबादी केन्द्र सहितका दलहरुलाई मन्त्री गुरुङले आग्रह गरे ।

सहकारीमा जनताको करिब १ खर्ब रकम हिनामिना भएको उल्लेख गर्दै मन्त्री गुरुङले रकम हिनामिना गर्नेहरुलाई कार्वाही गर्न सहकारी विधेयक ल्याएको मन्त्री गुरुङले जनाउनु भयो । सहकारीको नियमन गर्ने निकाय नहुदा सहकारीमा रकम हिनामिना भएकोे जनाउदै मन्त्री गुरुङले बचतकर्ताको बचत रकम फिर्ता गर्ने वातावरण सृजना गर्न पनि कानून संसोधन गर्न आवश्यक भएको उल्लेख गरे । सहकारीको संरक्षणकोष खडा गर्नु पर्ने उनले जनाए । सडकमा जुलुस निकालेर भ्रष्टचार गर्नेहरुले उन्मुक्ति नपाउने मन्त्री गुरुङले बताए । सहकारी र भ्रष्टचारीहरुलाई सरकारले जेलमै राखेर आवश्यक कार्वाही गर्ने कुनै उन्मुक्ति नदिने उनले जनाए । सरकारले नेपाल प्रहरी मार्फत छानविन गर्ने दोषी ठहर भए कार्वाही हुने तर सडकबाट उन्मुक्ति पाउछु भन्ने कसैले भ्रम नपाल्न उले आग्रह गरे । न्याय प्रणालीबाट उन्मुक्ति पाए त्यसमा आफुहरुले केही भन्न नमिल्ने मन्त्री गरुङको भनाई थियो ।

कार्यक्रममा बोल्दै संघका केन्द्रीय सचिव हरि शर्माले औषधीजन्य चश्मामा छुट गराउन माग गरे । संघ गण्डकीका अध्यक्ष एवं अस्पतालका पूर्व अध्यक्ष प्रा.डा.दीलबहादुर खत्री क्षेत्रीले गण्डकी प्रदेश सरकारले अस्पतालको संरक्षण गर्दै अपनत्व लिन सुझाव दिए । हिमालय आँखा अस्पतालका अध्यक्ष सुरेन्द्र थापा मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य भिम कार्की, मेडिकल डाईरेक्टर वविता गुरूङ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, अस्पतालका सचिव नारायण बराल लगायतले आँखा अस्पतालको गुणस्तरय सेवाको बारेमा चर्चा गरेका थिए । उक्त अस्पताल गण्डकी प्रदेश मात्र नभई गण्डकी प्रदेशसंगैका छिमेकी प्रदेश बागमती, लुम्बिनी प्रदेश सहितका अन्य प्रदेशबाट समेत आँखाको उपचार गर्न आउने गरेको सचिव बरालले पाखराक्लिकलाई जनाए ।