दसौं राष्ट्रिय खेलकुदको मिति सर्यो, ६ खेल निलम्बनमा

-


     पोखरा क्लिक     
     फागुन १५ गते २०८१ मा प्रकाशित


कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको मिति पुनः सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा आज (बिहिबार) बसेको १२१ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको राखपेपका सदस्य सचिव टंकलाल घिसिङले बताउनु भयो ।

यसअघि दसौं राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो । राखेपले ६ वटा खेल संघलाई कार्वाही गरेको छ । नेपाल ओलम्पिक कमिटीको अवैधानिक निर्वाचनमा सहभागी ६ राष्ट्रिय खेल संघलाई निलम्बन गर्ने निर्णय गरेको छ । निलम्बनमा परेका राष्ट्रिय खेल संघमा नेपाल ब्याडमिन्टन संघ, नेपाल टेनिस संघ, नेपाल साइक्लिङ संघ, नेपाल एथलेटिक्स संघ, नेपाल जिम्न्याष्टिक संघ र नेपाल भारोत्तोलन संघ रहेका छन् ।