
पोखरा, १२ फागुन,
नवदुर्गा युवा क्लब पोखरा १३ आर्वाको आयोजनामा तेस्रो नवदुर्गा कप भलिबल प्रतियोगिता हुने भएको छ । युवाका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद नाराका साथ यही चैत ३० देखि वैशाख १ सम्म प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष मनोज बरालले बताए ।
रतनपाण्डे माविको खेल मैदानमा हुने प्रतियोगिताका विजेता र उपविजेताले क्रमश ४५हजार र ३०हजार नगदका साथमा मेडल, सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव सुदर्शन बरालले जानकारी दिए । चैत २८ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने छ भने दर्ता शुल्क चार हजार तोकिएको छ ।
प्रतियोगितामा जिल्ला, प्रदेश र राष्ट्रिय खेलाडीले सहभागिता जनाउन पाउने छैनन् । भलिबल खेलप्रति युवाहरुलाई आकर्षित गर्दै प्रोत्साहन गर्ने र प्रभुधाम धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष मनोज वरालले वताए ।