
पोखरा,
पोखरा ९, वसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयले विद्यालयको २८औं वार्षिकोत्व, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम हालै सम्पन्न गरेको छ । पोखरा मनपा वडा नं ९ ले सो विद्यालयमा स्थापना गरेको प्राथमिक उपचार कक्षको समुद्घाटन गरिएको छ ।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक लोचना अधिकारीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थइन् भने कक्षा ८ कि छात्रा मेनुका तामाङले स्वागत मन्तव्य राखेकी थिइन् ।
हाल २५२ जना विद्यार्थीहरु अध्ययन गर्ने विद्यालयमा विभिन्न समयमा सहयोग प्रदान गर्ने दाताहरुः पोखरा मनपा वडा नं ९ को कार्यालय, सहारा क्लब युके, विद्यालयका पूर्व अध्यक्ष दुर्गा बहादुर गुरुङ,डा.प्रिया गुरुङ, सुवेदार्नी धनकुमारी गुरुङ, अमर गुरुङ, सुदर्शन रञ्जित,चिल्ड्रेन नेपाल, रामजी तिवारी, अक्षयकोष दाता लेखनाथ चालिसे, राजु लालचन र विद्यालयमा कार्यरत शिक्षक द्वय शान्ति सुवेदी बराल र रुक्मिनी भट्टराईलाई मन्त्री थापाले प्रशंशा पत्र वितरण गरेका थिए ।
कार्यक्रममा विशेष अतिथी शिक्षा विकास समन्वय एकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले मूलतः सामुदायीक विद्यालयहरुमा कमजोर आर्थीक अवस्थाका अभिभावकहरु का बालबालिकाहरु अध्ययन गर्ने र उनिहरुको विद्यालयमा अन्तरक्रिया निकै कम हुने हुँदा अभिभावकहरुलाई विद्यालयसंग अन्तरक्रिया संगसगै आफ्ना बालाबालिकाहरुको पठाईवारे चासो प्रकट गर्नमा अभिभावकहरूलाई अपिल गरे । सोहि क्रममा आचार्यले विद्यालयको थप प्रगतिका लागी शुभकामना समेत व्यक्त गरे ।
कार्यक्रममा अर्का विशेष अतिथी पोखरा मनपा वडा नं ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले विद्यालयलाई २८ वर्ष सम्म ल्याउन हरेक तहवाट लागी पर्नुहुने व्यक्तित्वहरुको योगदानप्रती आभार प्रकट गरे । साथै उनले आफ्नो कार्यकालमा विद्यालय संग प्रतक्ष्य रुपमा जोडिएका विभिन्न विद्यालयको सफलताको साक्षि हुन पाउँदा निकै खुशी रहेको धारणा राख्दै वडा कार्यालयवाट प्रदान गरिएको प्राथमिक उपचार कक्षवाट बालबालिका, शिक्षक कर्मचारीहरुले सुविधा लिन पाउनेमा विश्वस्त देखिए । सोही क्रममा उनले विद्यालयको आवश्यकता र मागलाई वडाको क्षमता अनुसार सुनुवाई गर्ने प्रतिवद्दता समेत व्यक्त गरे ।
प्रमुख अतिथी गण्डकी प्रदेशका समाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले मन्तव्यका क्रममा विद्यालयको प्रगति प्रति खुशि व्यक्त गर्दै विद्यालयलाई भौतिक रुपमा संरचना निर्माणमा कठिनाई रहेको जानकारी गराउदै विद्यालयलाई आवश्यक पर्ने प्रविधिमैत्री तथा अन्य सामाग्रीहरु प्रदान गर्नेमा आश्वस्थ पारे । सोहि क्रममा विद्यालयलाई भोलिका दिनमा स्थान्तरण गर्नुपर्ने अवस्था सृजित भएमा पनि विद्यालयलाई वडा नं ९ मा नै स्थापत गराउनेमा अफू प्रतिवद्द रहेको समेत वताए । मन्तव्यका क्रममा वडा कार्यालयले विद्यालयमा प्राथमिक उपचार कक्षा निर्माण गरि बाबलाबलिकाहरुलाई पुर्याएको टेवाप्रति आभार व्यक्त गर्दै विद्यालयका अध्यक्ष, प्र।अ लगाएत दाताहरु र सम्पुर्ण विद्यालय परिवारलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रममको समपनका क्रममा विद्यालयका अध्यक्ष विक्रम थकालीले कार्यक्रममा सवैको उल्लेखनीय उपस्थीतिले कार्यक्रम उत्कृष्ठ रुपमा सफल भएको बताउदै प्रमुख अतिथी, विशेष अतिथी, सहयोगीदाता, अतिथी, पत्रकार,शिक्षक, अभिभावक, विद्यार्थीहरु सवैलाई हार्दिक धन्यवाद व्यक्त गरे । सोहि क्रममा थकालीले विद्यालयलाई २०५३ देखि हालसम्म ल्याई पुर्याउने सवैलाई स्मरण गर्दै आभार प्रकट गरे ।
अक्षयकोषदाता, विभिन्न संघसंस्थाका प्रतिनिधी, साहयोगी दाता, पूर्व अध्यक्ष एवम् शिक्षक,अभिभावक,शिक्षक,पत्रकार,विद्यार्थी,छिमेकी विद्यालयका प्रतिनधीहरुको उपस्थिति रहेको कार्यक्रममा बालबालिकाहरुको नृत्यका साथसाथै विद्यालयको विविध गतिविधीहरुमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरणका साथसाथै विद्यालयमा स्थापित हरिगोपाल गणेशमाया, धर्मकुमारी चालिसे,विशाल भण्डारी, झलकुमारी काप्रि स्मृती अक्षयकोषमार्फत विद्यालयका जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका वालवालिकाहरु लाई नगद एवम् जिन्सी छात्रबृत्ती अक्षयकोष दाताहरु मार्फत प्रदान गरिएको थियो ।
विद्यालयका शिक्षक सुदिप कोइरालाले सञ्चालन गरेको कार्यक्रमा पोखरा मनपा शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवन प्रसाद रेग्मी, नेलम्वो नेपालका अध्यक्ष एकदेव देवकोटा, सिविन नेपाल पोखराका कार्यक्रम संयोजक शंकर नेपाली,टोल विकास समन्वय समिति वडा नं ९ का अध्यक्ष उत्तम जोसी, कृष्णटोल आमा समुहकी अध्यक्ष रुपा के।सी,सहारा क्लब पोखराका पूर्व अध्यक्ष विरभद्र आचार्य, नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीका अध्यक्ष तिर्थराज ढकाल, विद्यालयका निवर्तमान संयोजक तथा वडा नं ९ का जनप्रतिनिधी नन्दराम गिरि लगाएतकाले मन्तव्य राखेका थिए ।