
पोखरा,
प्राविधिक धारको नेपालकै पहिलो होटल म्यानेजमेन्ट कलेज नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको २५ रजत जयन्ती विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । पोखरा १४ छिनेडाँडामा रहेको उक्त कलेजको २५ औं बर्ष गाँठमा रजत जयन्ती विभिन्न कार्यक्रम गरी मनाएको कलेजले जनाएको छ ।

हालै कलेजमा आयोजितस मूल समारोहमा २५ औं वर्षसम्म निरन्तर कलेजको सफल व्यवस्थापनको नेतृत्वमा रहेर काम गरेका अध्यक्ष अशोक पालिखेलाई सरप्राईज अवार्ड प्रदान गरिएको छ । त्यसै गरी कलेजको स्थापनाकालदेखि हालसम्म निरन्तर क्रियाशिल रहेका बोर्ड सदस्य कर्म गुरुङ, नारायणप्रसाद द्वा, विनोद वैद्य, जयराम हमाल लगायतलाई सम्मान गरिएको छ ।
उक्त अवसरमा कलेजमा बिगत २०, २५ वर्षदेखि विभिन्न पदमा रहेर काम गरेका शिक्षक तथा कर्मचारी र ४ जिपिए ल्याउन सफल विद्यार्थीलाई सम्मान गरिएको छ ।

त्यस्तै ४ जिपिए ल्याउन सफल विद्यार्थी वर्षा पाङ्गी मगर, केही दिन अघि आयोजित कार्यक्रममा ग्राजुयट ११० विद्यार्थीलाई वधाई ज्ञापन तथा शुभकामना दिदैं प्रमाणपत्र हस्तान्तरण गरियो । शुक्रबार पूर्व विद्यार्थीहरुबीच पर्यटनसम्बन्धी छलफल तथा अनुभव आदानप्रदान गरियो भने शनिबार मूल समारोह आयोजना गरएिको थियो । बीएचएम कोअर्डिनेटर जोक बहादुर थापा, सुरक्षा गार्ड दील बहादुर गुरुङ, स्टोरकिपर बुद्धि बहादुर गुरुङ, यातायात इन्चार्ज कृष्णप्रसाल अधिकारी, सहयोगि भीमकला विक, म्याथ टिचर अर्जुन अधिकारी, दील कुमारी घर्ति मगर, लाइब्रेरी इन्चार्ज भरत खबास, श्रीप्रसाद परियार र वर्षको उत्कृष्ट कर्मचारीको अवार्डबाट कर्ण बहादुर खड्कालाई सम्मान गरिएको कलेजले उल्लेख गरेको छ ।

कार्यक्रममा वोल्दै कलेजका अध्यक्ष अशोक पालिखेले नेपालमा प्राविधिक धारको बिषय जसरी आफुहरुले सुरुवात गर्दै अघि बढ्दा हाल देशै भरी यस्ता कलेज र दजशक्तिको माग अत्याधिक भएको दाबी गरे । आफ्नो कलेजमा अध्ययन गरेका अधिकाशं बिद्यार्थीहरु रोजगार तथा स्वरोजगार भएको उनले दाबी गरे । ११३ जना विभिन्न क्षेत्रका सहयात्री शैक्षिक मन भएकाहरुको साथले सन् १९९८ मा छाप्रोबाट सुरु भएको कलेज अहिले २९ रोपनी जग्गामा फैलिएको अध्यक्ष पालिखेले बताए । सबैको साथ र सहयोगका कारण हाल सुविधा सम्पन्न भवन, अत्याधुनिक फइवस्टार होटलको जस्तो ल्याव रहेको उनले बताए । कलेजको स्थापनाको लागि सुरुमा घर घरमा पुगेको स्मरण गर्दै अध्यक्ष पालिखेले हाल कलेजमा पढ्ने बिद्यार्थीहरुको क्रेज बढ्दो रुपमा रहेको दाबी गरे । पालिखेले यो वर्षदेखि इएमबीए सुरु गरेको र कलेजमा एमबीएको पढाईको लागि पियुले सोच्नुपर्ने बेला भएको जनाए ।

प्रिन्सिपल प्रकाश रेग्मीले सुरुवात कालमा मोटरसाईकल, बसलाई धकाल्दै आउनु जानुपर्ने अवस्थाबाट माथि उठ्दै यहाँसम्म ल्याउन अध्यक्ष अशोक पालिखेको नेतृत्वदायि भूमिका र ११३ जना शेयर सदस्यहरुको, पूर्व प्राचार्यहरुको अहम भूमिका रहेको खुलेर प्रशंसा गरे । उनले भने “अहिले आँकडालाई हेर्ने हो भने हाम्रो विद्यार्थीहरु ४८ देशमा पुगेर त्यहाँ पनि फाईवस्टार होटलहरुमा उच्च पदमा रहेर काम गरिरहेका छन् र देशले रेमिट्यान्स पाईरहेको छ, तर हाम्रो इच्छा विद्यार्थी यहिं बसेर काम गरुन् भन्ने नै हो तर विश्व व्यापीकरणले गर्दा यहाँ धेरै बिद्यार्थीहरुलाई रोक्न सकिएको र्छैन्। “ पोखरामै पनि एक दिनको एक÷ डेढ लाख शुल्क लाग्ने होटल खुलि सकेका र त्यहाँ आफ्ना विद्यार्थीले नेतृत्व र जिम्मेवार पूर्ण भूमिका काम गर्ने अवसर पाएको प्रिन्सिपल रेग्मीले बताए ।
रजत जयन्ती मूल समारोहका प्रमुख अतिथि पोखरा विश्व विद्यालयका रजिष्ट्रार प्राध्यापक डा.दिपकबहादुर भण्डारीले एनटिएचएमसिको प्रगति अरुका लागि पनि उदाहरण भएको बताए । कलेजलाई यहाँसम्म ल्याउन अशोक जी को बिगत २५ वर्षदेखिको निरन्तरको नेतृत्वदायी भूमिका रहेको दाबी गरे । उहाँले थप्नुभयो ““उमेर ७३ वर्षको भईसक्यो तर कामले उहाँ तन्नेरीको जोशमा हुनुहुन्छ, उकछिन खाली बस्न सक्नु हुन्न, आफ्नो शरीर नै बालक जस्तो केही न केहीमै खालै व्यस्त हुनुहुन्छ । ” रजिष्ट्रार भण्डारीले उच्चस्तरको होटल व्यवस्थापनका लागि के आवश्यक पर्छ त्यसको लागि योजनामा लाग्न आग्रह गर्दै पियुले सहजीकरण गर्ने वचन दिए । बीएचएम पहिलो ब्याचका पूर्व विद्यार्थी सचिन प्रधानले यसतो राम्रो कलेजमा पढ्न पाएको र अहिले आफ्नै व्यवसायमा अडिन सक्ने बनाएकोमा गौरवानुभूति भएको जनाए ।
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर, पुर्व सचिव तथा कलेजका शेयर सदस्य दीपेन्द्र पुरुष ढकालले कलेजले उत्पादन गर्ने विद्यार्थीहरु अधिकांश पर्यटकीय राजधानी पोखरामा खपत भएको दाबी गरे । पियुका स्कल अफ विजनेशतर्फका डिन डा.दयाराज ढकालले २३ वर्षदेखि निरन्तर निकाली रहेको बताउदै कलेजले दक्ष जनशक्ति उत्पादन गर्दै आएको उल्लेख गरे । पियु साईन्स एण्ड टेक्नोलोजितर्फका डिन राजेश ठकुराठीले कलेजको प्रगतिका लागि साथमा रहेको र के गर्न सकिन्छ त्यसका लागि तत्पर रहेको बताए ।
वडा नं १४ का अध्यक्ष बोधराज कार्किले छिनेडाँडामा रहेको नेपालको पहिलो कलेज गौरवको शैक्षिक संस्था भएको दाबी गरे ।
शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख लोकनाथ आचार्यले पर्यटनको राजधानी पोखरामा पर्यटन भ्रमण वर्ष २०२५ घोषणा भईसकेको बेलामा कलेजको भूमिका बढ्ने बताए । उनले कलेज हस्पिटालिटिको क्षेत्रको धरोहर भएको बताए । कार्यक्रममा बिद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरी मनोरन्जन समेत दिलाएका थिए ।




