बेसलाइन एकेडेमी स्कूलको २७ औं वार्षिकोत्सव

-


     पोखरा क्लिक     
     फागुन ११ गते २०८१ मा प्रकाशित


पोखरा, ११ फागुन,

पोखरा महानगरपालिका वडा नं १३ स्थित बेसलाइन एकेडेमी स्कूलको २७ औ वार्षिकोत्सव, पुरस्कार वितरण तथा विविध साँस्कृतिक कार्यक्रम शनिवार सम्पन्न भयो । विसं २०५४ सालमा स्थापना भएको स्कूलको वार्षिकोत्सव गण्डकी प्रदेशका उपसभामुख मिनाकुमारी थापाले उद्घाटन गरिन् ।

शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले बाबु नानीहरुसँग अभिभावक वढि भन्दा
वढि घुलमिल हुनुपर्नेमा जोड दिए । बेसलाइन एकेडेमीका निर्देशक शोभालक्ष्मी पौडेलले विद्यालयको गतिविधि वारे जानकारी दिइन् । बेसलाइन एकेडेमीका प्रवन्ध निर्देशक षडानन्द गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिकाका शिक्षा महासशाखा प्रमुख हेमप्रसाद आचार्य , प्याव्सन कास्कीका सल्लाहकार बाबुराम पन्त, भवानी माविका प्रधानाध्यापक रमेश भट्टराई, अभिभावक जिवन सुवेदी, पूर्व विद्यार्थी सजिना पौडेल लगायत वोलेको कार्यक्रममा कक्षा १० मा अध्ययनरत आकृति गुरुङले स्वागत र शिक्षक रामप्रसाद तिमिल्सेनाले साहित्यमय लयमा संचालन गरेका थिए । कार्यक्रममा नर्सरी देखी कक्षा १० सम्मका विद्यार्थीहरुले आ–आफ्नो प्रतिभा प्रस्तुति गरेका थिए । त्यसैगरी प्रदर्शनीमा विज्ञान, सामाजिक र गणित विषय समेटिएको थियो । उता शैक्षिक वर्ष २०७९ र २०८० को शैक्षिक पुरस्कार वितरण गिरियो । कार्यक्रममा खेलकुद, नृत्य, गायन लगायत विषयमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरियो ।