
दीननाथ बराल,
पोखरा १०, फागुन,
पोखरामा निल डाम हुने गरी बिद्यार्थी कुट्ने एक शिक्षक निष्कासन हुनु भएको छ । पोखराको जरेवरमा रहेको गण्डकी एकेडेमी कास्कीका गणित शिक्षक विपिन कार्कीले बिद्यालयका कक्षा ६ मा अध्ययन गर्ने एक छात्रलाई शारीरमा निलडाम हुने गरी कुटपिट गरे पछि बिद्यालयले उहाँलाई निष्कासन गरेको बिद्यालय श्रोतले जनाएको छ ।
केही दिन अघि शिक्षक कार्कीले बिद्यार्थी माथि कुटपिट गरे पछि पिडितका आफन्तले बिद्यालयमा उजुरी गर्दै प्रहरी समक्ष उक्त घटना पुगे पछि प्रहरीकै समन्वयमा घटनाको बिषयमा हाल टुंगाइएको बिद्यालयले जनाएको छ । बिद्यार्थीले पिसाव फेर्न जान्छु भन्दै बाहिर जान खोजे पछि शिक्षक कार्कीले हातले बिद्यार्थीको पछाडिको कम्मर माथिको भाग सहित पाखुरामा समेत मुक्का प्रहार गर्दा शारीरमा निलडाम भएको पिडितका आफन्तले पोखराक्लिक समक्ष गुनासो गर्नुभयो ।
उक्त घटना हाल सामसुम पारे पनि पिडित बिद्यार्थीको पोखराको एक अस्पतालमै उपचार गर्न लगिएको थियो भने शिक्षक कार्कीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो । कुटपिट गर्ने शिक्षकलाई आवश्यक कार्वाही गर्दै निष्कासन गरे पछि उहाँलाई माफी मागे पछि छाडिएको पिडितका आफन्तले जनाउनु भयो । यस बिषयमा बिद्यालयले उक्त घटनामा संलग्न शिक्षक माथि कार्वाही गरी निस्कासन गरेको जनाएको छ ।




