
दीननाथ बराल,
पोखरा १०, फागुन,
पोखरा २२ (पुम्दी—भुम्दी) मा प्रथम त्रिभुवन स्मृति कप फाइभ ए साइड फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । पोखरा महानगरपालिका वडा न. २२ को ठुलिविडीमा यही फागुन १६ गते देखि उक्त प्रतियोगिता हुने भएको शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ,पत्रकार महासंघ गण्डकी प्रदेशका सस्थापक अध्यक्ष तथा परिवर्तन युवा क्लबका सल्लाहकार स्व.त्रिभुवन पौडेलको स्मृतिमा उक्त प्रतियोगिता पहिलो पटक हुने भएको क्लवका सचिव एवं प्रतियोगिताका संयोजक सुदिप बरालले बताउनु भयो ।
उक्त प्रतियागिता ठुलिविडीको सिम्लेपाखा खेलमैदानमा यही फागुन १८ गते सम्म सन्चालन हुने तयारी गरिएको प्रतियोगिताको संयोजक बरालले बताउनु भयो । परिवर्तन युवा क्लबको आयोजनामा हुने प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५ रुपैया, उपविजेताले २५ हजार ५ सय ५५ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ । त्यस्तै विद्यागत तर्फ उत्कृष्ट खेलाडी, गोलकर्ता र उत्कृष्ट गोल रक्षकलाई समेत पुरस्कार प्रदान गरिने भएको छ ।
कास्कीका जिल्ला समन्वय अधिकारी एवं सल्लाहकार नवराज बरालले खेलकुदमा कहिले बिकृति हुने हुँदा सुरक्षा व्यबस्था मिलायन सुझाव दिनुभयो । खेल प्रति युवाहरुको आकर्षण बढाउन, प्रतिभा प्रष्फुटन गर्न, दक्ष खेलाडी उत्पादन गर्न, खेलकुदको माध्यमबाट समाजमा सकरात्मक परिवर्तन गर्दै सामाजिक एकता कायम गर्न उक्त प्रतियोगितको मुख्य उद्धेश्य रहेको अध्यक्ष कमल बरालले बताउनु भयो । उक्त प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख खर्च लाग्ने भएको क्लवका सल्लाहकार राजेन्द्र बरालले बताउनु भयो । क्लवको पहलमा सिम्लेपानीमा खेल मैदान निर्माण गरिएको उहाँले जनाउनु भयो ।
प्रतियोगितामा करिब २५ टिमको सहभागिता हुने भएको क्लवका उपाध्यक्ष विवेक बरालले जनाउनु भयो । हट्लाईन दैनिकका प्रवन्ध निर्देशक एवं स्व.पौडेलका दाजु उत्तम पौडेलले उक्त प्रतियोगिता सफल पार्न सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।
२०७९ माघ १ गते पोखरामा भएको यती एअरलाइन्सको जहाज दुर्घटनामा परि दिवङ्गत हुनुभएका नेपाल पत्रकार महासंघ का केन्द्रीय सदस्य ,पत्रकार महासंघ गण्डकी प्रदेशका सस्थापक अध्यक्ष तथा परिवर्तन युवा क्लबका सल्लाहकार स्वर्गीय त्रिभुवन पौडेलको स्मृतिमा उक्त प्रतियोगिता पहिलो पटक हुने भएको क्लवले पोखराक्लिकलाई जनएको छ । प्रतियोगितालाई सफल पार्न पोखरा २२ को वडा कार्यालय, गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, फेवा मिट प्रोडक्ट लगायतको सहयोग हुने भएको क्लवले जनाएको छ ।