पूर्व राजा ज्ञानेन्द्रले परिवार सहित पोखराको ओपन हाउस रेस्टुरेन्ट र क्लब क्याटवाकमा छोरीको जन्मदिन मनाउनुभयो

-


     पोखरा क्लिक     
     फागुन १० गते २०८१ मा प्रकाशित


पोखरा, १० फागुन,

पूर्व राजा ज्ञानेन्द्र शाह आफ्नो परिवार सहित यति वेला पोखराको भ्रमण गरेका छन् । भ्रमणमा उहाँले आफ्नी छोरी, राजकुमारी प्रेरणा राज्य लक्ष्मी देवी शाहको जन्मदिन पोखराको चर्चीत ओपनहाउस रेस्टुरेन्ट र क्लब क्याटवाकमा मनाउनु भएको छ ।
पूर्वराजपरिवारको उक्त भ्रमणलाई पोखराका स्थानीयवासी र पर्यटन व्यवसायीहरुले निकै महत्वपूर्ण रुपमा लिनु भएको छ ।

ओपनहाउस रेस्टुरेन्टमा आयोजित विशेष समारोहमा पूर्व राजा ज्ञानेन्द्र, उहाँकी पत्नी कोमल राज्य लक्ष्मी देवी शाह, छोरा युवराज पारस शाह लगायत राजपरिवारका सदस्यहरुको उपस्थिति रहेको थियो । राजकुमारी प्रेरणाको जन्मदिनको अवसरमा केक काट्नुका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।

त्यसपछि पूर्व राजपरिवार क्लब क्याटवाक गएर मनोरन्जन गर्नु भएको थियो । पूर्व राजा ज्ञानेन्द्रले ओपन हाउसको सुन्दरता, व्यवस्थापन र वातावरणको प्रशंसा गर्नुभयोको रेष्टुरेण्टले जनाएको छ । पोखराको प्राकृतिक सौन्दर्यले आफूलाई मोहित पारेको बताउदै पूर्व राजा शाहले ओपनहाउस र क्लब क्याटवाक दुवैको आतिथ्यताले आफूलाई थप प्रभावित पारेको बताउनु भयो । यस भ्रमणले पोखराको पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्ने पुग्ने स्थानिय पर्यटन व्यवसयाीहरुले विश्वास व्यक्त गर्नुभएको छ । उहाँको पोखरा भ्रमणले पोखराको पर्यटन प्रबद्र्धन हुने युवा पर्यटन व्यावसायी अमृत पाहारीले बताउनु भयो ।