एनटिएचएमसिको २५ औं रजतजयन्ती भव्यतासाथ मनाईदै, मूल समारोह फागुन १० गते

-


     पोखरा क्लिक     
     फागुन ९ गते २०८१ मा प्रकाशित


पोखरा, ९ फागुन,

नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको २५ औं रजत जयन्ती भव्यतासाथ मनाई रहेको छ । पोखरा महानगरपालिका वडा नं १४ छिनेडाँडामा अवस्थित कलेजले वर्षभरीनै विभिन्न कार्यक्रमहरु गरेर आएको तथा स्थापनाको २५ औं वर्षको अवसरमा तीनदिने विषेश कार्यक्रम आयोजना गरेको कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले जानकारी दिए ।

कलेजको मूल समारोह कलेजको प्राङ्गणमा फागुन १० गते शनिबार हुने र यसको भव्य तयारी गरिएको छ ।
यसै अवसरमा कलेजमा शुक्रबार कलेजका अध्ययन पूरा गरेर विभिन्न पेशा, व्यवसायमा लागेका पूर्व विद्यार्थीको क्लव स्थापना गरिएको छ ।

विद्यार्थीहरुले पर्यटनसंबन्धी छलफल पनि चलाएका छन् । जस्को व्यवस्थापन उनीहरुले नै गरेका छन् । साथै कलेजमा अध्ययन गरेर विभिन्न क्षेत्रमा रहेर पेशा, व्यवसायमा संलग्न भईरहँदा अहिलेसम्म भोगेका सुख, दुःख र संघर्षका कथाहरु र सफलताका कुराहरू सहभागिहरुबीच बाँडेका छन् ।

यसैबीच, कलेजले बिहिबार दिक्षित भएका आफ्ना ११० जना विद्यार्थीलाई सम्मान तथा वधाई ज्ञापन गरेको छ । उनीहरुमध्ये उत्कृष्ट अंक ल्याएका ६ जना डिन लिस्टमा परेका छन् । उनीहरुमा अनिशा पौडेल बीबीए, विशाल थापा बीबीए, प्रजिता खाँड ठकुरी बीबीए बीआई, निर्मला थापा बीबीए बीआई, प्रतिक गुरुङ बीएचएम, र प्रतिक्षा तामाङ बीएचएम रहेका छन् ।

पोखरा यूनिभर्सिटिसंग सम्बन्धन रहेको एनटिएचएमसिका विद्यार्थीहरु दिक्षित भए लगत्तै कलेजको समारोहमा सरिक भएका थिए । उनीहरुलाई कलेजका अध्यक्ष अशोक पालिखे, प्रिन्सिपल प्रकाश रेग्मी, भाईस प्रिन्सिपल राजकुमार कार्कि, शिक्षक जोक बहादुर थापा, दिनेश कुमार यादब, शुरेसराज अधिकारी, संचालक कर्म गुरुङ, जयराम हमाल, डा।अनिल सुवेदी, कृष्ण बहादुर थापा लगायतले फूलमाला लगाएर वधाई दिए भने शैक्षिक प्रमाणपत्र हस्तान्तरण गरे ।

समारोहलाई संवोधन गर्दै अध्यक्ष पालिखेले भने, प्यारा विद्यार्थीहरु सबैको मानसिकता देशमै बसेर केहि गर्छु र म गर्न सक्छु भन्ने सोंचकासाथ अगाडी बढ्नुहोला । हामीले त्यसै कलेज खोलेका होईनौ । २५ वर्ष अगाडी होटल म्यानेजमेन्ट पढ्नका लागि विदेश जानुपथ्र्यो, २०, ३० लाख खर्च हुन्थ्यो ।

हामीलाई लाग्यो कि पोखरामा कलेज खोलौं र यहीं दक्ष जनशक्ति उत्पादन गरौं । हामी ११३ जना पोखराका विभिन्न पेशा, व्यवसायसंग जोडिएहरु जम्मा भएर सन १९९८ मा कामको थालनि गयौं र १९९९ मा स्थापना गयौं । र निरन्तर चलिरहेको छ ।

अहिले थोरै खर्चमा यहीं पढ्ने अवसर मिलेको छ । आफैं पनि मालिक हुने र अरुलाई रोजगारी दिने यो क्षेत्र भएकोले बिदेशमा पैसाको खोलो बगेको छ र हामी टिप्न जाने हो भन्ने सोंचलाई त्यागेर यहीं काम गर्ने अड्डि लिनुस् । उनले भने, बैज्ञानिक महावीर पुनले यहीं केहि गर्छु भनेर कृषि औजार कारखानाको पुर्नउत्थानका लागि दिनहुँ सडक सडकमा बिताब बेचेर हिडेको सबैले देखेकै छौं ।

हाम्रा विद्यार्थीहरु अहिले नेपालकै फाईवस्टार होटल, तारे होटल, विदेशका तारे होटलहरुमा उच्च पदमा रहेर काम गरिरहेका छन् । कोहि बेरोजगार छैनन् । पालिखेले भने, कोहि बैंकका, वित्तीय संस्थाका म्यानेजर भएका छन् कोहि आफैं व्यवसाय सुरू गरेर अरलाई रोजगारी दिईरहेको देख्दा हामीलाई गर्व लागेको छ । त्यसैले तपाँईहरुले कमिटमेन्ट गर्नुपर्छ, म सक्छु भन्ने आँट गर्नुपर्छं र ढुक्कले एनटिएचएमसिको प्रोडक्ट भएकोले जहाँ टेक्यो त्यहीं उभिन सक्नुपर्छ, सबैलाई वधाई तथा शुभकामना ।
कलेजमा अहिले बीएचएम, बीबीए, बीबीए बीआई, बीबीए फाइनान्स र यो वर्षदेखि इएमबीएको पढाई सुरु भएको छ ।

साँझ अबेरसम्म भएको कार्यक्रममा कलेजका अध्यक्ष अशोक पालिखेले हालसम्म प्लस टु होटल म्यानेजमेन्टमा ८ हजार ५ सय, बीएचएमतर्फ ३ हजार ८ सय ५, बीबीएतर्फ ३ हजार ७ सय ५० र बीबीए फाइनान्सतर्फ ३ हजार ५ सय ३० जना गरी १९ हजार ५ सय ८५ जनाले अध्ययन गरी सकेका बताए ।

सो अवसरमा प्रिन्सिपल रेग्मीले कलेजमा पढाईको साथमा अत्याधुनिक ल्यावमा प्रशिक्षण भईरहेको र अतिरिक्त क्रियाकलापहरु भईरहेका बताए । उनले कलेजमा चाईनिज भाषा सिकेका विद्यार्थीहरुमध्ये चाईनिज एम्बेसिले आयोजना गरेको प्रतियोगितामा एक जनाले प्रथम भएर १ लाख तथा २ जनाले दितिय भएर समान ५० हजार पुरस्कार पाउन सफल भएको बताए ।

यस्तै कलेजको सस्टेनेबल प्याकेज के रु भन्ने शिर्षकमा बनाईएको ५ मिनेटको भिडियोको कारण अन्तराष्ट्रबाट १ हजार डलर पुरस्कार र सर्टिफिकेट पाएको सुनाए । उनले कलेजका बारेमा, विद्यार्थीको पढाईको बारेमा केहि सल्लाह सुझाव भए निर्धक्क भएर दिन अभिभावकलाई आग्रह गरे ।



This will close in 20 seconds