
पोखरा, ८ फागुन,
पोखरा महानगरपालिका वडा नं १३ स्थित भद्रकाली माध्यमिक विद्यालयमा सभाहल र पुस्तकालय निर्माणका लागि प्रतिनिधि सभाका सासंद शिव नेपालीले वुधवार शिलान्यास गरे । संघिय सरकारवाट स्वीकृत एक करोड रकमबाट सभाहल निर्माण गर्न लागिएको हो ।
सासंद तथा भद्रकली माविका भूपू विद्यार्थी शिवले कक्षा ४ सम्म अध्ययन गरेको विद्यालयमा समन्वय गरी बजेट पार्न सफल भएकोका खुशी व्यक्त गरे । भद्रकाली माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकवहादुर कार्कीले स्कूलको विगत देखी वर्तमान सम्मको चर्चा गरे । विद्यालयका प्रधानाध्यापक यदुराज पगेनीले स्वागत गरेको कार्यक्रममा भूपू शिक्षीका शारदा सिग्देल पराजुली लगायत वालेको कार्यक्रममा विद्यालयका निवर्तमान प्रधानाध्यापक राजेन्द्र भण्डारीले भद्रकाली विद्यालयको वारेमा जानकारी दिए । सो कार्यक्रमको संचालन विद्यालयका सहायक प्रधानाध्यापक प्रदिप भण्डारीले संचालन गरेका थिए ।




