गण्डकी कोटिहोम महायज्ञको ७५ प्रतिशत तयारी पूरा भयोः वालयोगेश्वर महाराज

-


     पोखरा क्लिक     
     फागुन ६ गते २०८१ मा प्रकाशित


आउदो वैशाख १७ गते देखि जेठ २६ गतेसम्म पोखराको लेकसाइडमा आयोजना हुने ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी करिब ७५ प्रतिशत सम्पन्न भएको छ ।

४५ दिनसम्म संचालन हुने उक्त महायज्ञको ७५ प्रतिशत पूरा भएको धर्मगुरु वालयोगेश्वर विजय श्री कृष्ण मूर्ती जी महाराजले जानकारी दिएका छन् ।

उनका अनुसार महायज्ञको लागि जग्गा भाडामा लिने काम, आवस्यक सामग्रीको व्यवस्थापन गर्ने,स्वयमसेवक छनोट गर्ने लगायतका भित्री व्यबस्थापनको कार्य करिब ७५ प्रतिशत सकिएको छ । यस महायज्ञलाई जति बिबादित बनाएर पनि निश्चित समयमै संचालन गर्ने आयोजकको दाबी छ ।



This will close in 20 seconds