
आउदो वैशाख १७ गते देखि जेठ २६ गतेसम्म पोखराको लेकसाइडमा आयोजना हुने ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी करिब ७५ प्रतिशत सम्पन्न भएको छ ।
४५ दिनसम्म संचालन हुने उक्त महायज्ञको ७५ प्रतिशत पूरा भएको धर्मगुरु वालयोगेश्वर विजय श्री कृष्ण मूर्ती जी महाराजले जानकारी दिएका छन् ।
उनका अनुसार महायज्ञको लागि जग्गा भाडामा लिने काम, आवस्यक सामग्रीको व्यवस्थापन गर्ने,स्वयमसेवक छनोट गर्ने लगायतका भित्री व्यबस्थापनको कार्य करिब ७५ प्रतिशत सकिएको छ । यस महायज्ञलाई जति बिबादित बनाएर पनि निश्चित समयमै संचालन गर्ने आयोजकको दाबी छ ।




