
दीननाथ बराल,
पोखरा २, फागुन.
१२ लाख नगद पुरस्कार सहितको यस बर्षको आहा ! रारा पोखरा गोल्ड कपको उपाधि कसले चुम्ला त भन्ने धेरैको खुल्दुली भएको छ । छैटौं देखि सातौ हुदै आठौं उपाधि माथि कब्जा जमाउदै ह्याट्रिक पूरा गरी, क्याराभान सहित ६ पटकको विजेता नेपाल पुसिल अब सातौं उपाधि रक्षाको खोजि गर्दै गर्दा पाहुना टोली आहा रारा पोखरा गोल्ड कपमा पहिलो पटक सहभागि भएको उज्विकिस्तानको बी डिभिजनको टिम संलग्न ब्ल्याक बुल्स नेपालको पोखरामा नयाँ इतिहार कोर्न चाहन्छ ।
पोखराको प्रतिष्ठित आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगितामा सर्वाधिक सफलता हासिल गरेको नेपाल पुलिस क्लव र पाहुना टोली ब्ल्याक बुल्स बिचको फाइनल खेल पोखरा रंगशालाको फुटवल मैदानमा भोलि (शनिबार) दिउँसो १ः०० बजे पछि खेल हुने भएको प्रतियोगिताका संयोजक पूर्ण बहादुर गुरुङले बताउनु भयो ।
यसैबिच, आज(शुक्रबार) पोखरा रंगशालामा सहारा क्लवले आयोजना गरेको प्रि—म्याच कन्फरेन्स (पत्रकार भेटघाट कार्यक्रम) मा पुसिलका प्रशिक्षक चेतन घिमिरे ब्ल्याक ब्लूका प्रशिक्षक अब्दुलाजीज निशोनवाएवले उपाधि जित्ने दाबी गर्नु भएको छ । यसै सम्बन्धि भिडियो सामाग्रि ।
पत्रकार भेटघाट कार्यक्रममादाया तर्फ पुलिसका प्रशिक्षक घिमिरे र कप्तान राम वाजी हुनु हुन्छ भने बाँया तर्फ ब्ल्याक बुल्सका प्रशिक्षक निशोनवाएव र कप्तान अख्मण्डोव रहनु भएको हो। पुलिस राम वाजीको कप्तानीमा टिम मैदानमा उतार्ने तयारी गरि रहदा ब्ल्याक ब्लूले भने युवा खेलाडी जाखंोरगिर अख्माडोभको कम्पनीमा मैदानमा उतार्दै छ ।
क्याराभान गोल्ड कप सहित ६ पटकको विजेता नेपाल पुलिस क्लवले समुह एमा रहेको चर्च ब्वाईज यूनाइटेडलाई पहिलो सेमिफाइनल खेलमा १—० को गोल अन्तरले पराजित गर्र्दै फाइनलमा यात्रा तय गरेको हो । समुह बीमा रहेको ब्ल्याक बुल्सले आहा रारा गोखरा गोल्ड कपको ५ पटकको विजेता थ्रि स्टारलाई एक तर्फी ४—० को गोल अन्तरले पराजित गर्दै उपाधि पुलिससंग उपाधि रक्षाको लागि फाइनलमा यात्रा तय गरेको हो । पुलिसले आयोजक सहारा क्लवलाई उद्घाटन खेलमा पराजित गरी क्वाटरफाइनलमा पाहुना टोली वेलायतको ब्रिगेड व्वाईज क्लवलाई पराजित गरी सेमिफाइनलमा यात्रा बनाएको थियो । यता पाहुना टोली ब्ल्याक बुल्सले भने वाइ पायर क्वाटरफाइनलमा भारत सिक्किमको थन्डर नर्थ यूनाइटेडलाई पराजित गरी सेमिफाइनलमा यात्रा बनाएको हो ।
प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने भएको क्लवका अध्यक्ष केशवराज बरालले बताउनु भयो । माघ २२ गते देखि सुरु भएको प्रतियोगितामभा ३ विदेशी सहित १२ टिमको सहभागिता रहेको क्लवले पोखराक्लिकलाई जनाएको छ । क्लबले पोखरा १७, दोबिल्लामा सूर्यबहादुर के.सी. स्मृति सहारा फुटबल एकेडेमी संचालन गरेको छ । हाल चौथो ब्याजको रुपमा एकेडेमीमा आश्रित कठिन परिस्थिति र विपन्न वर्गका ३० जना बालकहरु रहनु भएको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले जनाउनु भयो । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ रहेको छ ।