पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा २१ देशका १५० जना सहभागि हुने, म्याराथन सहित १४ इभेण्टमा दौड हुदै

-


     पोखरा क्लिक     
     फागुन १ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १, फागुन,


पर्यटनको शहर पोखरामा शनिबार हुने १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता हुने भएको छ । ४२ किलोमिटरको म्याराथन प्रतियोगितामा २१ देशका ८० विदेशी सहित १ सय ५० जना धावक सहभागि हुने आयोजक नेपाल भूतभुर्व खेलाडी मञ्चले विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएको हो ।

शनिबार बिहान ७ः०० बजे हुने उक्त प्रतियोगितामा ८ जना महिला धावक सहित २१ देशका १ सय ५० जना धावकहरु सहभागि हुने भएकात्यसै गरी हाफ म्याराथन महिला तर्फ १० देशका सहित ४० जना जना हाफ म्याराथन पुरुषतर्फ १० विदेशी सहित १ सय १० जना धावकले प्रतियोगितामा सहभागिता जनाउने भएको मञ्चका अध्यक्ष दील बहादुर गुरुङले बताउनु भयो । त्यसै गरी १० किलोमिटर दौडमा पुरुषतर्फ ११ विभिन्न देशका सहित २ सय ११ जना, १० किलोमिटर महिलातर्फ ११ विदेशी सहित १ सय ९ जना, ५ किलोमिटर भेट्रान्स (५० वर्ष) पुरुष र महिलातर्फ गरी ६० जना, ५ किमि छात्रतर्फ १ हजार ४ सय ७० तथा छात्रातर्फ १ हजार २५ जना गरी कूल ३ हजार १ सय ७५ जना धावकले उक्त प्रतियोगितामा सहभागिताका लागि दर्ता भएको मञ्चले जारी गरेको प्रेस विज्ञेप्तिमा उल्लेख गरिएको छ ।

रन फर फनमा करिव ७ हजार गरी १० हजार जनाको सहभागिता हुने अपेक्षा गरिएको पूर्व अध्यक्ष तेज बहादुर गुरुङले बताउनु भयो । म्याराथन प्रतियोगिताकोे विजेतालाई ५ लाख, उपविजेतालाई ३ लाख, तेश्रोलाइ २ लाख र सान्त्वना स्वरुप चौथोदेखि ८ जनालाई नगद ३० दखि १० हजार प्रदान गरिने भएको छ । खुल्ला म्यारथन तर्फ गण्डकी प्रदेशका खेलाडीहरुलाई समेत प्रोत्साहन गर्न पुरस्कारको ब्यबस्था गरिएको छ । विजेतालाई ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने भएको मञ्चका महासचिव केशव पाठकले बताउनु भयो ।

महिला हाप म्याराथन बिजेताले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुने धाविकाले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुहुने भएको छ । १० किलोमिटर सडक दौड महिला तथा पुरुषले समान ३०, २०, १५ हजार नगद पुरस्कार प्राप्त गर्नु हुने भएको छ । ५ किलोमिटर छात्र÷ छात्रा दौडमा बिजेतालाई समान १५÷१५ हजार, उपविजेताले समान १०÷१० हजार र तेस्रो हुनेले समान ७÷७ हजार प्रदान गरिने भएको छ । ५ किलोमिटर छात्र÷छात्रा दौडमा बिजेतालाई समान १५÷१५ हजार, उपविजेताले समान १०÷१० हजार र तेस्रो हुनेले समान ७÷७ हजार प्राप्त गर्ने भएका छन् ।

म्याराथनको रूट पोखराको कोर सिटि १७ र फेवाताल सहित माछापुच्छ्रेको प्रतिविम्बमा २५ किलोमिटर दौडको रूट निर्धारण गरिएको छ । पोखरा रंगशालाबाट सुरू भई कदममार्ग, रानीपौवा,फुलवारी, पृथ्वीनारायण क्याम्पस गेट, सिमपानी, विन्ध्यवासिनी मन्दिर, हल्लनचोक, खपौदी,पामे, ठुलाखेत, घाँटी छिना हुँदै पुनः लेकसाईडको हल्लनचोकमा आयर टुंगिने भएको छ ।
प्रतियोगिताको पुरस्कारमा मात्र २१ लख ३४ हजार खर्च हुने भएको भएको छ । सफल दुधको मुख्य प्रयोजनमा हुने उक्त म्याराथन पोखराका १७ वटा कोर सिटिका वडाहरु पर्ने निवर्तमान अध्यक्ष हरि प्रसाद पराजुलीले जनाउनु भयो । प्रतियोगिता सम्पन्न गर्न १ करोड ८९ लाख खर्च हुने मञ्चले जनाएको छ ।