उज्विकिस्तानको ब्ल्याक बुल्स आहा रारा पोखरा गोल्ड कपको फाइनलमा प्रबेश

-


     पोखरा क्लिक     
     फागुन १ गते २०८१ मा प्रकाशित


पोखरा १, फागुन,

उज्विकिस्तानको ब्ल्याक बुल्स फुटवल क्लव पोखरामा जारी २४ औं सस्करणको आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिता २०८१ को फाइनलमा प्रबेश गरेको छ । पोखरा रंगशालाको फुटवल मैदानमा आज (विहिबार) भएको दोश्रो सेमिफाइनल खेलमा ब्ल्याक बुल्सले आहा रारा गोखरा गोल्ड कपको ५ पटकको विजेता थ्रि स्टारलाई एकतर्फी ४—० को गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । थ्रि स्टार क्लव गत संस्करणको उपविजेता हो ।

ब्ल्याक बुल्सको जितमा शभ्कतत्जोन स्याटोरोभले दुई र अशिलवेक ओरिभजोनोभ र सइदजामोल दवलतजोनोभले एक÷एक गोलको योगदान दिनुभयो । स्याटोरोभले खेलको २४ औं मिनेटमा पहिलो गोल गर्नु भयो भने खेलको ६३ औं मिनेटमा अर्को गोल थप्नु भएको हो । ओरिभजोनोभले खेलको ५८ औं मिनेटमा र दवलतजोनोभले खेलको ८७ औं मिनेटमा एक गोल गरी गोल अन्तर फराकिलो पार्नु भएको हो । पाएका केही अवसरलाई सदुपयोग गर्न सकेन भने विदेशी खेलाडीसंग थ्रि स्टार विहिबारको खेलमा निकै कमजोर खेल प्रर्दशन गर्यो । आजको खेलमा ब्ल्याक बुल्सका अशिलवेक म्यान अफ दी म्याच समेत घोषित हुनु भयो ।

आहा रारामा राम्रो छवि बनाएको थ्रि स्टारले आहा रारा पोखरा गोल्ड कपमा पहिलो पटक सहभागि भएको उज्विकिस्तानको ब्ल्याक बुल्स फुटवल क्लवले नयाँ ईतिहास रच्ने भएको छ ।

यसैबिच, उपाधिको लागि ब्ल्याक बुल्सले शनिबार नेपालको विभागिय टोली नेपाल पुलिस क्लवसंग प्रतिष्प्रर्धा गर्ने भएको छ ।

पुलिसले चर्च ब्वाईज यूनाइटेडलाई बुधबारको पहिलो सेमिफाइनल खेलमा १—० को गोल अन्तरले पराजित गर्र्दै फाइनलमा यात्रा तय गरेको थियो । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ रहेको छ । तष्विर शुर्दशन रञ्जित