नेकपा (माओवादी केन्द्र) बागलुङ पोखरा सम्पर्क समन्वय समितिको अध्यक्षमा शर्मा

-


     पोखरा क्लिक     
     माघ २९ गते २०८१ मा प्रकाशित


पोखरा २९, माघ,

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागलुङ पोखरा सम्पर्क समन्वय समितिको प्रथम अधिवेशन मंगलबार पोखरामा सम्पन्न भएको छ । अधिवेशनले कुलचन्द्र शर्माको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । समितिको उपाध्यक्षहरुमा छमकुमारी बस्नेत, प्रेमबहादुर रोका, रन्जना राई, सचिवमा कुलबहादुर बुढा (प्रेम), कोषाध्यक्षमा पवित्रा थापा र सहसचिवमा रविन कुमार विश्वकर्मा रहेका छन् ।

साथै सदस्यहरुमा रिम पुन, होमनाथ शर्मा, नन्दलाल शर्मा, लक्ष्मी प्रसाद आचार्य, देवान श्रीस, काशिराम पौडेल, निरज कँडेल, विष्णु बस्नेत, कुलचन्द्र थापा खिम, जगत विक, अरविन थापा, निर्मल श्रीस, नरेन्द्र घर्ती, चम्पा छन्त्याल, आयुष सुनार, याम अधिकारी, माया सुनार, भविकला घर्ती, टेकबहादुर घर्ती, विरेन रसाइली, नारायण श्रीपाली, उमेश घर्ती, करुणा श्रेष्ठ, कोपिला बलामी, प्रकाश मल्म, मनिष पुन, महेश घर्ती र प्रमिला विक रहेका छन् ।

साथै सल्लाहकारहरुमा मनबहादुर थापा, रामप्रसाद पाण्डे, निलप्रसाद श्रेष्ठ, हर्कबहादुर पाण्डे, दलबहादुर थापा, प्रा. डा. रविन्द्र श्रेष्ठ र रामबहादुर कार्की चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष शर्माले बागलुङ पोखरा सम्पर्क समन्वय समितिलाई वैचारिक, सगठनात्मक र सामाजिक हिसाबले प्रभावकारी संगठनको रुपमा विकास गर्दै माओवादी पार्टीलाई जनताको बिचमा फैलाउन क्रियाशिल भएर लाग्ने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव तथा गण्डकी इन्चार्ज दिनानाथ शर्मा, कास्की इन्चार्ज नेत्र अधिकारी, बागलुङ इन्चार्ज चन्द्रबहादुर बुढा सागर, केन्द्रीय सदस्य कृष्ण केसी, प्रदेश अध्यक्ष गायत्री गुरुङ, प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे अनिल, वैकल्पिक केन्द्रीय सदस्य तथा ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विक हिमाल, जिल्ला संयोजक राजिव घिमिरे, सम्मानित व्यक्तित्व मनबहादुर थापाले मन्तव्य व्यक्त गर्नुभयो ।

कार्यक्रममा जनयुद्ध शहिद परिवार, वेपत्ता परिवार र बागलुङको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउनु भएका व्यक्तित्वहरु जगबहादुर श्रीस, निलप्रसाद श्रेष्ठ, रामप्रसाद पाण्डे, हर्कबहादुर थापा, मनबहादुर थापा, शहिद देवी विकको दाजु मेघबहादुर विक पाहाड, शहिद कृष्णकुमारी घर्तीको दिदी दिपा रोका, शहीद भिमकुमारी गौचनको श्रीमान प्रेमप्रसाद गौचन, शहीद दलबहादुर घर्तीको छोरा नरेन्द्र घर्ती, वेपत्ता धकबहादुर बस्नेतको श्रीमती छमकुमारी बस्नेतलाई सम्मान गरिएको थियो ।

कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागलुङ पोखरा सम्पर्क समन्वय समितिका संयोजक कुलचन्द्र शर्माको अध्यक्षता, स्वागत सदस्य कुलबहादुर बुढा र सदस्य मेघबहादुर विक पाहाडको सञ्चालनमा सम्पन्न भएको हो ।