पोखरामा फोहोरको दुर्गन्ध, सडक भरी फोहोरका थुप्रा

-


     पोखरा क्लिक     
     माघ २७ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २७, माघ,

पोखरामा केही दिन देखि फोहोर उठ्न नसके पछि हाल पोखराका सडक भरी फोहोरका थु्रपा रहेका छन्। महानगरले हाल फोहोर व्यबस्थापन गर्दै आएको पोखरा महानगरपालिका ३२ को लाहामेआलमा केही दिन देखि फोहोर व्यबस्थापन गर्न समय लाग्ने भएकोले पोखरा क्षेत्रमा हाल फोहोर नउठ्दा पोखराका सडक छेउमा फोहोरका थ्रुप्रा रहेका छन्।

पोखरामा फोहोर थुप्रिएसंगै पोखरामा दुर्गन्ध समेत फैलिन थालेको स्थानियले गुनासो गर्नु भएको छ । पोखरा महानगरपालिकाले पोखरा ३२ को लाहामेआलमा व्यबस्थापन गर्दै आएको उक्त स्थानमा केही दिन अझै फोहोर फाल्ने व्यबस्थापन गर्नुपर्ने भएकोले केही दिनमा मात्र पोखराको फोहोर उठ्ने भएको पोखरा महानगरपालिकाका प्रवक्ता मोतीराम तिम्सिनाले पोखराक्लिकलाई बताउनु भयो । उहाँले भन्नुभयो“हाल फोहोर व्यबस्थापन गर्दै आएको स्थानमा फोहोरको मात्र भरिएसंगै अक अर्काे स्थानमा फोहोर व्यबस्थापन गर्दैछौं, अबको १÷२ दिनमा फोहोर फाल्ने ठाँउको व्यबस्थापनसंगै पोखराको फोहोर उठाउछौं । ”

पोखराको व्यस्त बजार महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, न्यूरोड, नयाँबजार, पृथ्बीचोक, पाखिलेचोक लगायतको क्षेत्रमा फोहोरको थुप्रा बढ्दै गएकाछन्। महानगरले फोहोर समयमै नउठाए पछि केही व्यक्ति तथा व्यवसायीहरुले सडक छेउमा फोहोर फाल्दै आउनु भएको छ । फोहोर फाल्ने गाडी आए पछि मात्र फोहोर बाहिर निकाल्न महानगरले सूचना जारी गर्दै आएको छ तर त्यसको पालना नगर्दा पोखरामा फोहोरको थ्रुप्रा बढ्दै गएको छ।