
दीननाथ बराल,
पोखरा २७, माघ,
मच्छिन्द्र क्लवलाई टाईब्रेरमा पराजित गर्दै थ्रि स्टार क्लव पोखरामा जारी २४ औं संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिता २०८१ को सेमिफाइनलमा प्रबेश गरेको छ । पोखरा रंगशालाको फुटवल मैदानमा आज (आइतबार) भएको दोश्रो क्वाटरफाइनल खेलमा मच्छिन्द्र क्लवलाई थ्रि स्टारले टाइब्रेकरमा ४—२ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा यात्रा बनाएको हो ।
९० मिनेटको निर्धारित र थपिएको ३० मिनेटमा पनि दुबै तर्फ गोल रहित खेल बराबरीमा पुगे पछि टाईब्रेकरमा खेल पुगेको हो । टाईब्रेकरमा मच्छिन्द्रका बिशाल घलान र आदित्य चौधरीले गोल गर्न नसक्दा मच्छिन्द्र क्लव आहा रारा पोखरा गोल्ड कपको यस बर्ष क्वाटरफाइनलबाटै यात्रा टुंगाएको हो । आहा रारा पोखरा गोल्ड कपको ५ पटकको विजेता थ्रि स्टारको जितमा टाइब्रेकरमा दिपेश भले, फोडी फोफोना, विराज मर्हजन र लक्ष्मण रुचालले पेनाल्टी सुटमा गोल गर्नु भएको हो । मच्छिन्द्रका दिवाकर चौधरी र सविन श्रेष्ठले पेनाल्टीमा गोल गर्नु भएको थियो ।
मच्छिन्द्रका बिशाल घलालले प्रहार गरेको पेनाल्टी सुट क्रस वारमा लागेर रिभाउण्ड भएको थियो भने आदित्य शाक्यले प्रहार गरेको पेनालटी सुट विपक्षि गोलरक्षक दोश्रो रोजाईका गोलरक्षक शारिन जिसीले उत्कृष्ट बचाउ गर्नु भएको हो । खेलमा थ्रि स्टारका दिपेश घले म्यान अफ दी म्याच घोषित हुनु भयो । निर्धारित समयमा दुबै टिमका केही खेलाडीहरुले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा टाइब्रेकरबाटै खेलको छिनोफानो भएको हो । आठौं संस्करणको (२०६६) आहा रारा पोखरा गोल्ड कपको फाइनलमा पुगेर त्रिभुवन आर्मीसंग पराजित हुदै उपविजेतासम्म यात्रा बनाएको मच्छिन्द्रले यसपाली पनि आहा रारा पोखरा गोल्ड कपको उपाधि चुम्ने सपना अधुरै रह्यो ।
यसैबिच, भोलि (सोमबार) तेश्रो क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लव बिरुद्ध चर्च व्वाईज यूनाइटेड बिच खेल हुने भएको प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरुङले बताउनु भयो । समुह ए मा रहेको चर्चा ब्वाइजले न्यूरोड टिम (एनआरटी) लाई पराजित गर्दै क्वाटरफाइनलमा यात्रा बनाउदा आर्मीले भने सिधै वाई पायर क्वाटरफाइनलको यात्रा तय गरेको हो । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ रहेको छ ।
दर्शक आकर्षण गर्न हरेक दिन फ्यान अफ दी म्याच घोषणा सहित २ हजार ५ सय रुपैया उपहार दिदै आएको छ । तष्विर शुर्दशन रञ्जित