आउदो वैशाख १७ गते देखि पोखरामा कोटिहोम महायज्ञ हुने (भिडियो सहित)

-


     पोखरा क्लिक     
     माघ २७ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २७, माघ,

मानव सेवा फाउण्डेसनको आयोजनामा आउदो वैशाख महिनाको १७ गते देखि पोखरामा ‘श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ’ हुने भएको छ । पोखरा महानगरपालिकाले वातावरणमा असर पर्ने भन्दै पोखराको पर्यटकीय क्षेत्र वाराहीघाट क्षेत्रको खेल मैदानमा उक्त महायज्ञ नगर्न आग्रह गर्दै पत्रचार गरे पनि आयोजकले भने आइतबार बृहत पत्रकार सम्मेलन गर्दै निर्धारित समय, मिति र स्थानमा उक्त महायज्ञ हुने दाबी गरेको छ ।

पोखरालाई मुक्तिद्वारको रूपमा चिनाउन एवं गण्डकी प्रदेशभित्र रहेका शास्त्रवर्णित सम्पूर्ण धार्मिक क्षेत्र, तीर्थ स्थल, मठ मन्दिरहरूको महत्वलाई विश्वभर जीवन्त प्रचार प्रसार गरी धार्मिक पर्यटनलाई तेजोमय गतिमा प्रवर्धन गर्नेे उद्देश्य उक्त महायज्ञ स्तानियको आग्रह अनुसार गर्न लागिएकों फाउण्डेसनका संस्थापक अध्यक्ष एवं धर्मगुरु विजय कृष्णमुर्तिले बताउनु भयो । उक्त महायज्ञ गर्न करिब २० करोड भन्दा बढी खर्च लाग्ने भए पनि स्वदेशी तथा विदेशी दाताको सहयोगबाट उक्त कार्यक्रम सफल हुने उहाँले विश्वास व्यक्त गर्नु भयो ।

उक्त महायज्ञबाट बचत भएमा पोखरा १८, सिमपानी स्थित कैलाश धाम शिवमणि मन्दिर तथा पोखरा ६ बैदाम स्थित मुक्तेश्वर शिव मन्दिर मुक्तीधामको सर्वाङ्गिण विकास सँगसँगै गण्डकी प्रदेशका विपन्न, अभिभावक विहीन बालबालिका तथा असहाय ज्येष्ठ नागरिकहरूको पालन, संरक्षण आदि सहयोगार्थ आर्थिक सहयोग गनिरे भएको उहाँले जनाउनु भयो । काठमाण्डौंको पशुपतिनाथ मन्दिरमा आयोजना भएको महायज्ञमा पनि ठुलो चुनौतीको सामना गरेर आयोजना भएको विराट महायज्ञ गण्डकी प्रदेशको पोखरामा पहिलो पटक हुन लागेकोले उक्त महायज्ञलाई अब कसैले रोकेर नरोकिने यदि कसैले अबरोध गरे अर्धम गर्न पनि आफुहरु पछि नपर्ने धर्मगुरु कृष्णमुर्तिले चेतावनी दिनुभयो ।

पोखरा क्षेत्रका बर पिपलका रुख कटानपछि विवाद र चर्चामा आएको कोटीहोम महायज्ञबारे पत्रकारले सोधको प्रश्नमा महानरले काटेका दाउरा संकलन गरिएको एकाद ठाँउमा गल्ती भएमा महानगरले गरेको सजायको भागीदार हुने समेत उहाँले आशय व्यक्त गर्दै आवश्यक वर पिपल कटान भएको सट्टा भर्ना बिरुवा रोप्न तयार रहेको बताउनु भयो ।

एक दशक देखिको सपना गण्डकी क्षेत्रमा उक्त महायज्ञ गर्ने आफुहरुको योजना भएकोले पोखरामा सरकारी निकायबाट आवश्यक प्रकृया पूरा गरी महायज्ञ गर्न लागेको जनाउदै धर्मगुरु कृष्णमुर्तिले पोखराका मेयर धनराज आचार्यले भने आफुहरुलाई समय नदिएका कारण केही समस्या जस्तो उत्पन्न भएको उल्लेख गर्नुभयो । पोखराका मेयर धनराज आचार्यको निर्देशनमा केही दीन अघि पोखरामा कटान भएका वर तथा पिपलका करिब एक सय टन(एक लाख केजी) दाउरा पोखरा महानगरले जफत गरेको छ ।