पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखरामा

-


     पोखरा क्लिक     
     माघ २७ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २७, माघ,

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा आउनु भएको छ । आज (आइतबार) परिवारका सदस्य सहित समिट एयरको चार्टर जहाजबाट पूर्व राजा शाह सहितको परिवार पोखरा आउनु भएको हो । पोखरा आउनु भएको पूर्व राजा शाहलाई पोखरामा विभिन्न संघ संस्थाले पोखरा विमानस्थलमा स्वागत सहित जयजयकार गर्नु भएको थियो ।

पूर्व राजाका समर्थीतहरुले ‘राजा आउ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ,’ भन्ने नारा लगाउँदै पूर्वराजाको जय जयकार गर्नु भएको थियो । पूर्व राजा शाह आइतबार रूपाकोट रिसोर्टमा बस्नु भएको श्रोतको दाबी छ ।

सोमबारदेखि शाहको शक्तिपीठ भ्रमणको तालिका रहेको छ भने उहाँको करिब दुई साताका पोखराका शक्तिपिठहरुको अध्ययन अवलोकन गर्ने कार्यक्रम रहेको श्रोतले पोखराक्लिकलाई जनाउनु भयो । पूर्वराजा शाह विमानस्थलमा उत्रिए लगत्तै उहाँका समर्थकहरुले राजतन्त्रको पक्षमा नारा लगाउदै गणतन्त्र बिरोधी नारा लगाउनु भएके थियो । उहाँको स्वागतमा विभिन्न जनजाति देखि पन्चेबाजा समेत बजाइएको थियो ।