
पोखरा २४, माघ,
पोखरा महानगरपालिका वडा नम्बर २२ (पुम्दी—भुम्दी) स्थित प्रगतिशिल टोल विकास संस्थाको ९ औं वार्षिक साधारण सभा हालै सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन गर्दै पोखरा २२ का वडा अध्यक्ष हिमलाल बरालले वडाको समृद्धिको लागि टोल विकास संस्थाहरु सक्रिय रुपमा काम गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा विषेश अतिथि वडा सदस्य कुष्ण कुमारी देवकोटा, समाजसेवी केशव पौडेल, दुर्गा वराल र विभिन्न सामाजिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनीधिहरुको उपस्थिती रहेको थियो । संस्थापक अध्यक्ष नर बहादुर खडका, जेष्ठ सदस्य रेवती वराल, तिल बहादुर आर्याय, सदस्य लिला बिकलाई कार्यक्रममा दोसला सहित सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष हेमराज वरालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।