पोखरामा हुने भनेको विराट महायज्ञ अन्यौलमा, पर्यटन व्यवसायीको समेत ध्यानाकर्षण

-


     पोखरा क्लिक     
     माघ २३ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २३, माघ,

पोखरामा हुने भनिएको विराट महायज्ञ अन्यौलमा परेको छ । मानव सेवा फाउण्डेसन, नेपालको आयोजनामा आउदो वैशाख दोश्रो साता देखि जेठको तेश्रो सातासम्म पोखराको वाराहीघाँट क्षेत्रको खेल मैदानमा हुने भनिएको उक्त विराट महायज्ञ हाल अन्यौल भएको छ ।

आयोजकले केन्द्रबाट नेपाल ट्रस मार्फत र वडाको सिफारिसमा उक्त कार्यक्रमको तय गरिरहदा यस बिषयमा भने पोखराका मेयर धनराज आचार्यले लामो समय पर्यटकीय क्षेत्रमा उक्त कार्यक्रम गर्न नहुने भन्दै कुनै अनुमति निदएकोले उक्त कार्यक्रम सो क्षेत्रमा नगर्न चेतावनी दिदै आउनु भएको छ । उसो त पोखरा ६ का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईले उक्त कार्यक्रमको बिषयमा वडाले सिफरिस नदिएको यस बिषयमा महानगरमै जान आग्रह गरेको बताउनु भयो । फाउण्डेसनले उक्त कार्यक्रम गरे वापतको नेपाल ट्रस र पोखरा महानगरपालिका वडा नम्बर ६ लाई भाडा शुल्क वापतको केही रकम दिएको खुलेको छ ।

पोखरामा लामो समयसम्म ध्वनि प्रदूषण हुने किसिमको कार्यक्रम सञ्चालन गर्न नहुने, यसले पर्यटकीय क्षेत्रमा असर पर्ने भन्दै मेयर आचार्यले तालछेउमा करिब डेढ महिना उक्त कार्यक्रम संचालन गर्नु अनुपयुक्त हुने दाबी गर्नु भएको छ । उक्त महायज्ञमा आयोजना गर्ने भन्दै मानव सेवा फाउण्डेशनले पोखरामा रहेको वर पीपल काटछाट गर्दै दाउरा सङ्कलन गरेपछि पोखरा महानगर पालिकाले बुधबार उत्तः दाउरा जफत गरेको छ । नेपाल ट्रस भित्र वाराहीघाट क्षेत्रको खेल मैदानमा साचो लागेर राखिएका वर पिपलका दाउरा महानगरको नगर प्रहरीको टोलीले साचो फोरेर दाउरा जफत गरेको हो । करिब एक लाख केजी तौल बराबरको दाउरा जफत गरिएको पोखरा महानगरपालिकाका सुरक्षा तथा नगर निरिक्षण शाखा प्रमुख पुरुषोत्तम थापाले बताउनु भयो । मेयरको निर्देशन अनुसार पोखराका विभिन्न वडामा कटान भएका वर तथा पिपलका दाउरा जफत गरिएको उहाँले जनाउनु भयो ।

फाउण्डेसनले भने यस बिषयमा महानगरको समन्वयमै आफुहरुले वर पिपलका दाउरा विराट महायज्ञको लागि भन्दै संकलन गरेको जनाएको छ । फाउण्डेसनका विजय केसीले उक्त दाउरा महानगरले दियर संकलन गरेको तर आज अचानक आफै उठायर लगेको बिषयमा आफुहरु छक्क परेको जनाउनु भयो । सरकारी निकायहरुमा आधिकारीक रुपमा महायज्ञ आयोजना गर्ने बिषयमा अनुमति लिएकोले महायज्ञ हुने नहुने बिषयमा कुनै अन्यौल नभएको केसीले पोखराक्लिकलाई जनाउनु भयो । फाउन्डेसनले अनधिकृत रूपमा रुख कटान गरी दाउरा बनाएर नेपाल ट्रस्टको जग्गामा राखेको महानगरले आरोप लगाएको छ । पोखराका विभिन्न वडामा जथभावी रुपमा वर पिपलका रुखहरु काटिदा केही दिन अघि मात्र महानगरले सूचना निकाल्यो त्यो बाहेक खासै याक्सनमा कार्वाही नभएको पोखराका नागरिक अगुवा रामबहादुर पौडेलले गुनासो गर्नु भएको छ । उहाँले वर पिपलका रुखहरु जथभावी रुपमा काटिएको बिषयमा महानगरलाई प्रश्न गर्दै यस बिषयमा कसले अनुमति दिएको भन्दै सामाजिक संजालमा बिरोध जनाउनु भएको छ । अनधिकृत रूपमा रुख काट्नेमाथि कारबाही हुने महानगरपालिकाले जनाउदै आएको छ । पोखरा ६,७, १३, १४ लगायतका वडाहरुमा धमाधम रुख कटान हुन थालेपछि सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा चर्को आलोचना हुदै आएको छ ।

यसैबिच, पोखराका पर्यटन व्यवसायीले समेत उक्त महायज्ञ प्रति ध्यानाकर्षण गराएका छन्। मानव सेवा फाउण्डेशन नेपालको आयोजनामा मुख्य पर्यटकीय स्थानमा रहेका पोखरा ६ मा पर्ने नेपाल ट्रष्टको स्वामित्वमा रहेको बाराही खेल मैदान र उद्योग तथा पर्यटन मन्त्रालयको स्वामित्वमा रहेको क्याम्पिङ्ग साइटको मौदानमा श्री गण्डकी शत(सय) कुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ २०८१ को आयोजना गरिएको कुरा प्रति सम्पुर्ण पर्यटन व्यवसायी संस्थाहरुको गम्भिर ध्यानाकर्षण भएको परिषदले जनाएको छ ।

सामान्यतया फागुन देखी जेष्ठ सम्मको समयलाई विदेशी पर्यटकहरुको सिजनको समय भएकोले यहाँको वातावरण शान्त, सुन्दर र सफा हुनुपर्नेमा सुख्खा याममा दिन – रात दाउरा वालेर अग्नी हवन गर्ने र माईक्रो फोन प्रयोग गरी निरन्तर भजन कृतन गर्ने कार्यले वायु तथा ध्वनी प्रदुषर्ण हुर्ने परिषदले जारी गरेको प्रेृस विज्ञेप्तिमा उल्लेख गरिएको छ । यस कार्यको पुव सन्ध्यामा वषैँ देखी संरक्षण गरी राखिएका रुखहरुको निर्मम कटा्न गरीएको कुराले पोखरा वासी लाई झस्काएको परिषदका अध्यक्ष तारानाथ पहारीले बताउनु भयो । कोटीहोमका लागि प्रस्तावीत क्षेत्र उपयुक्क्त नहुने भएकोले उल्लेखीत स्थानमा सो कोटीहोमको आयोजना नगर्नु हुन परिषदको बुधबार बसेको बैठकले आग्रह गर्ने निर्णय गरेको छ । लामो समय देखी संरक्षण गरीराखिएका रुखहरुको निर्मम कटान गर्ने कार्य तत्काल रोक्न र नियम बिपरित वातावरण बिगार्ने गरी रुख कटान गर्नेलाई नियमानुसार कारबाही गर्नका लागी सम्वन्धीत पंक्षको ध्यानाकर्षण समेत गरिएको अध्यक्ष पहारीले जनाउनु भयो ।